Sarawal sit lahar Notis

कजरीया रमेश टायल्समा कार्यरत श्रमीकहरु आन्दोलित

538

कृष्ण ढकाल
बर्दघाट,भदौ–२८
बर्दघाट–१२, भटौलियामा रहेको कजरीया रमेश टायल्स प्रा.लि.मा कार्यरत श्रमीकहरु अहिले आन्दोलित भएका छन । श्रमीकहरुमाथी अन्यायपूर्ण ब्यवहार भएको भन्दै उद्योगका विरुद्ध स्थानियवासीहरुले समेत साथ दिएको पाईएको छ ।

कजरीया रमेश टायल्स प्रा.लि.ले सञ्चालन गरेको उद्योगमा कार्यरत नेपाली कर्मचारीहरुलाई उद्योग प्रशासनले १२ घण्टा सम्म डिउटीमा खटाउने ,नेपाली र भारती श्रमीक विच बिभेद गरेपछि बाध्य भएर आन्दोती हुनुपरेको नाम नभन्ने सर्तमा एक कर्मचारी बताएका छन । कर्मचारीले गरेको आन्दोलनमा साथ दिदै गरेका स्थानियवासीहरुले पनि उद्योगले वायु प्रदुषण मापदण्डको पालन गर्नु पर्ने र भारतीय कामदारलाई फिर्ता गर्नु पर्ने माग गर्दै नेपाली श्रमीकको आन्दोलनमा साथ दिएको बताएका छन ।

यता उद्योग सञ्चालक हिमान्सु अग्रवालले भने आफु काण्ठमाण्डौंमा रहेकाले उद्योगमा कार्यरत श्रमीकहरुका वारेमा आफुलाई पूर्ण जानकारी नभएकाले समस्या के हो बुझेर हलगर्ने बताउनु भएको छ ।