कृष्ण ढकाल
बर्दघाट,भदौ–२४
सत्ता र ब्यवस्थाका बिरुद्ध संयुक्त स्वाधीन सरकार बनाउनुपर्ने माग गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल नवलपरासीले जनबिद्रोह गर्ने बताएको छ । आज बर्दघाटमा पत्रकार सम्मेलनको आयोजना गरी सो पार्टीले उक्त कुरा बताएको हो । जनबिद्रोह विना सत्ता र ब्यवस्था परिर्वतन गर्न नसकिने भएकाले नयाँ जनवादी पुजींवादी क्रान्तिका पुरा गर्न जनबिद्रोह आवश्यक रहेको बताएको छ ।
पार्टीका जिल्ला संयोजक रवि पाण्डेयको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा बोल्दै केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज क्षेत्र बहादुर थापाले नयाँ जनवाद हुदै बैज्ञानिक समाजवाद स्थापनाका लागि पुजी पलायन रोक्दै औद्योगिक आर्थिक क्रान्तितर्फ केन्द्रित हुन जरुरी रहेकोमा जोड दिनुभएको थियो ।
त्यसैगरी जिल्ला संयोजक पाण्डेयले पार्टीको एकता सम्मेलनका बारेमा प्रष्टाउनु भएको थियो । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले अहिलेको महाधिबेशनलाई एकताको महाधिबेशनको रुपमा जिल्लास्तर सम्म सम्मेलन सम्पन्न लागेको जनाएको छ ।
नेकपा(क्रान्तिकारी माओवादी) नेकपा(बहुमत) र नेकपा (मशाल) बीच एकताको सम्मेलन नवलपरासीमा असोज २ र ३ गते बर्दघाटमा गर्न लागिएको संयोजक पाण्डेयले बताउनुभएको छ ।
सम्मेलनमा सातै पालिकाका ११० जना प्रतिनिधि सहभागी हुने पार्टीले पत्रकार सम्मेलनमा जनाकारी दिएको थियो ।