sunwal

पदमको तिज स्मरण डायरी

263

स्याङ्जा जिल्लाको तत्कालिन स्याङ्जा कालिकाकोट गाविस वार्ड नं ९ करादी भन्ने सानो गाउँमा आजभन्दा ३६ वर्ष अगाडि जन्मिए। जन्मिए पश्चात उमेर बढ्दै जाने क्रममा पाँच क्लास आफ्नै गाउँको स्कुल श्रीसौरी खाल्टा प्राविमा अध्ययन गरियो। त्यति धेरै यादहरु त नहोला तर ती चार क्लास पढ्ने क्रममा हामीलाई तीज पर्वको हल्काफुल्का महसुस हुँदै गयो।
चाडपर्व के हो ? कसरी मनाइन्छ ? त्यति धेरै जानकारी त नहोला तर केही रूपमा महसुस हुन थाल्यो। यसै क्रममा जब तीज आउँछ भन्ने कुरा एक महिना पहिलेदेखि नै घरमा बुवा–आमा ,हजुरबा– हजुरआमाहरुले सुनाउनुहुन्थ्यो। अनि मनमा उत्साह उमङ्गहरू थपिँदै जान्थे। यसै क्रममा बिस्तारै स्कुलहरू बिदा हुँदै जान्थे। स्कुलको बिदा पनि केटी साथीहरूको मात्र बिदा हुने त्यो पनि पाँच दिन पहिले केटा साथीहरूको मात्र एक दिन तीजको दिन मात्र छुट्टी हुने गर्दथ्यो। यस समयमा खासै पढाइ त हुने थिएन तर स्कुल आउने जाने क्रम चाहिँ जारी नै रहन्थ्यो। शिक्षकहरु आउनुहुन्थ्यो शिक्षिकाहरु आउनु हुन्थेन केटा मान्छेहरूको मात्र स्कुल चलिरहन्थ्यो।
त्यो समय रमाइलो नै थियो यसै क्रममा घरमा आमा दिदीबहिनीहरू अन्टीहरू मामाघर जाने चटारोमा रहनुहुन्थ्यो। तर त्यो बालापनमा मामाघर कति प्यारो थियो। म पनि जाने म पनि जाने भन्दै घरमा झगडा चलि नै रहन्थ्यो। आमा हजुरबुवाहरु फकाउनुहुन्थ्यो नजाऊ बाबु। तीज हाम्रो होइन दिदीबहिनीको हो भन्दै सम्झाउनु हुन्थ्यो . आमाले बाबु तिमी घरै बस तिमी तीजमा मामा घर गयो भने भोलि तिमीलाई स्कुलमा तीजे बुडा भनेर जिस्क्याउने छन् जान हुँदैन नाती जान हुँदैन छोरो शिक्षक शिक्षिकाहरुले पनि भन्नुहुन्थ्यो तीजमा मामा घर जान हुँदैन छोरा मान्छे तीजे बुढा भन्छन् भन्दै हामीलाई सम्झाउनु हुन्थ्यो भोलि काभ्रेको देउराली डाँडामा रमिता लाग्दैछ पैयौँ हटियामा लाखे नाच नचाउँदै छन् बिहानै उठेर दुई भारी घाँस काटेर जानु म तिमीलाई पैसा दिन्छु। भन्दै फकाउनु हुन्थ्यो।

 

मेला हेर्न काभ्रे देउरालीमा रमिता हेर्न जाने भन्दै मुस्कुराउँदै उफ्रिदै गाउँका साथीभाइहरूलाई खबर गर्दै खरबारीमा तीजको लागि भनेर राखिएको लामो लामो घाँस छिटछिटो काट्दै खुसी हुँदै भारी पुगिसकेपछि घर फर्किन्थ्यौं घर आइसकेपछि सम्पूर्ण साथीहरू जम्मा भई साथीहरूमा विक्रम नारायण ज्वाईँ जगत जगे जीवन सुरेस रुके अर्जुन दानु झपड शिव गिरे लगायत नाम छुटेको अन्य साथीहरू सहित मामाघर नजानुभएका महिला दिदीबहिनीहरू सम्पूर्ण मिलेर पयौँ हटियाको लाखे नाच हेर्न जाने कि काभ्रे देउराली डाँडाको रमिता हेर्न जाने भन्ने विषयमा छलफल गर्थ्यौं।

यसै क्रममा घरमा भएका सम्पूर्ण महिला आमा हजुरआमा आन्टी सबै मिलेर हामीलाई दुई दिनको लागि दर पकाएर घिउमा चामल पकाएर महिला आमा हजुरआमा अन्टीहरु सबै आफ्नो आफ्नो माइती मामाघरतर्फ लाग्नुहुन्थ्यो। हामी बिहानै उठ्थ्यौ आज मेला हेर्न काभ्रे देउरालीमा रमिता हेर्न जाने भन्दै मुस्कुराउँदै उफ्रिदै गाउँका साथीभाइहरूलाई खबर गर्दै खरबारीमा तीजको लागि भनेर राखिएको लामो लामो घाँस छिटछिटो काट्दै खुसी हुँदै भारी पुगिसकेपछि घर फर्किन्थ्यौं घर आइसकेपछि सम्पूर्ण साथीहरू जम्मा भई साथीहरूमा विक्रम नारायण ज्वाईँ जगत जगे जीवन सुरेस रुके अर्जुन दानु झपड शिव गिरे लगायत नाम छुटेको अन्य साथीहरू सहित मामाघर नजानुभएका महिला दिदीबहिनीहरू सम्पूर्ण मिलेर पयौँ हटियाको लाखे नाच हेर्न जाने कि काभ्रे देउराली डाँडाको रमिता हेर्न जाने भन्ने विषयमा छलफल गर्थ्यौं।

निष्कर्षमा जहाँ पुग्थ्यौ त्यही ठाउँमा जान्थ्यौ मनोरञ्जन लिन्थ्यौ सबैभन्दा पहिले आमाले दिएको ती रु. १० ले बेलुन किन्थ्यौ बेलुन फुक्थ्यौ हाम्रो पालामा ढुङ्ग्रो र बटारे मिठाई किन्थ्यौ कुनै न कुनै किसिमबाट हामी मनोरञ्जन गर्दै महिलाहरूको ठेट लोक हातले ताली बजाएर हातले मादल बजाएर गुन्यो र चोलीमा(तीजका खाजा मिठा पोलेका तामाले नरोऊ भान्जी लिन आउँछु। भन्थे मामाले भन्ने ,) जस्ता मौलिक गीतहरु सुनेर नृत्यहरू हेरेर हामी ती दिदीबहिनी हरूको नाचमा मनोरञ्जन लिन्थ्योऊ। साँझ घर फर्किन्थ्यो घर फर्किसकेपछि आमाको खोजी हुन्थ्यो। तर आमा पञ्चमीको भोलिपल्ट मात्र फर्किनुहुन्थ्यो। हामीलाई समय लामो लाग्थ्यो । सायद पञ्चमीको भोलिपल्ट सम्पूर्ण साथीभाइहरू स्कुलमा भेटघाट भइन्थ्यो। कुन कुन केटा साथीहरु मामाघर जानुभयो। र भन्न थालिन्थ्यो तीजे बुढा आयो।। यदि आफू तीजमा मामाघर गएको भए आफैलाई त्यो आरोप लाग्थियो।।बाल्यकालका तीज रमाइलो थियो मैले स्मरण यसरीनै गरे। कहाँ आउला घुमेर फेरि त्यो बालापनको उमेर।

पदमराज न्यौपाने
बर्दघाट–४,लक्ष्मीनगर
पश्चिम नवलपरासी
(हालः कतार)