Sarawal sit lahar Notis

वक्तृत्वकला प्रतियोगितामा अन्जली रौनीयार प्रथम

373

कृष्ण ढकाल
बर्दघाट,भदौ १६
जहदा सामुदायिक पुस्तकालयले १७ औं राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
बर्दघाट १२ मा रहेकाे जहदा सामुदायिक पुस्तकालयले शनिवार “पठन संस्कृतिको विकासमा पुस्तकालयको भूमिका” शीर्षकमा वक्तृत्वकला प्रतियागिता सम्पन्न गरेको थियाे ।
जहदा सामुदायिक पुस्तकालयका अध्यक्ष सुरज केसीको अध्यक्षता र बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यमा भएकाे प्रतियोगितामा नित्यानन्द रत्न कुमारी माध्यमिक विद्यालयकी छात्रा अन्जली रौनीयार प्रथम, ज्ञानकुन्ज शिक्षा सदनका छात्र संकल्प पाठक द्धितीय र ज्ञान कुन्ज शिक्षा सदनकै छात्रा पूर्णिमा चौधरी तृतीय भएको आयोजक सामुदायिक पुस्तकालयका अध्यक्ष केसीले जाकारी दिनु भयो ।

सो अवसरमा बोल्दै बर्दघाट नगरप्रमुख श्रेष्ठले जहदा सामुदायिक पुस्तकालयले सिंगो जिल्लाको प्रतिनिधित्व गरेको बताउनु भयो । लामो समयदेखि सञ्चालनमा रहेको पुस्तकालयको विकास क्रमैसँग हुँदै गइरहेको उहाँले बताउनु भयो । त्यसैगरी बर्दघाट नगर उपप्रमुख रुद्रप्रकाश उपाध्याय, दुर्गा आधारभूत विद्यालयका प्रधानाध्यापक अर्जुन पौडेल, ज्ञानकुन्ज शिक्षा सदनका शिक्षक रमेश कुमार पौडेल, नित्यानन्द रत्नकुमारी माध्यमिक विद्यालयका प्रधानाध्यापक विश्वराज भट्टराई लगायतले प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुन सफल विद्यार्थीहरुलाई वधाई एवं १७ औं राष्ट्यि पुस्तकालय दिवसको शुभकामना व्यक्त गर्नु भएको थियो ।

वक्तृत्वकला प्रतियोगितामा बर्दघाट प्रज्ञा प्रतिष्ठानका परिषाद सदस्य तथा संस्कृति विभागका संयाेजक दीप प्रकाश लोहनी,समाज सेवी गणेश कुमार पौडेल र सञ्चारकर्रमी मेघराज गौतमले निर्णायकको भूमिका निर्वाह गर्नु भएको पुस्तकालयका सचिव गोपाल सिंह आलेले जानकारी दिनु भयो ।