Sarawal sit lahar Notis

फरार भनिएका प्रतिवादीहरू राष्ट्रपति तथा पार्टी सभापतिसङ्गको भेटघाटमा ब्यस्त

1,012

भदौ– १६
पश्चिम नवलपरासीको इलाका प्रहरी कार्यालय बर्दघाटमा ज्यान मार्ने सम्बन्धि कसुरमा किटानी जाहेरीमा परेका रितमान कामु र प्रेम कामु यतिवेला राष्ट्रपति तथा पार्टी सभापतिसङ्गको भेटघाटमा ब्यस्त रहेका छन । जिल्लामा फरार प्रतिवादकारुपमा रहेका कामु दाजु भाइले आइतबार राष्ट्रपति पौडेल र नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न पुगेका छन ।

जिल्लामा किटानी जाहेरी दर्ता भए पछि कामु दाजुभाइ विरुद्ध पक्राउ पुर्जी जारी भएरसंगै प्रहरीले खोजतलास गरीरहदा यतिवेला पार्टीका केन्द्रिय तथा जिल्ला नेताहरुले संरक्षणगर्दै राष्ट्रपति तथा पार्टी सभापतिसङ्ग भेटघाट गर्न पुर्याएको नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य देबेन्द्र राज कंडेलको सामाजिक संजाल मार्फत सार्वजनिक भएको छ ।

नवलपरासी पश्चिम का नेतृत्व बर्ग सहित सम्माननिय राष्ट्रपति रामचन्द्र पौडेल ज्यु तथा पार्टी श्रद्धय सभापति माननीय शेर बाहादुर देउवा ज्यु सङ्ग आज भेटघाटका क्रममा ।
जय नेपाल !
काठमाडौ ,२०८१ भाद्र १७ गते ः– देवेन्द्रराज कण्डेल निजी सचिवालयवाट साभार

 

बर्दघाट नगरपालिका वडा नं.१४ को वडा कार्यालयमा यहि भदौ ७ गते भएको कुटपिट घट्नाको कामु दाजु भाइलाई किटानी जाहेरी दर्ता भएको हो । किटानी जाहेरी दर्ता भए पछि कामु दाजुभाइ विरुद्ध पक्राउ पुर्जी जारी भएको र उनिहरुको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख ज्ञानेन्द्र प्रसाद फुयालले जानकारी दिनु भयो ।  उहाँहरु विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । प्रहरीले खोजी कार्य गरिरहेको छ । कानुनले कोहि कसैलाइ छोड्दैन्न । फुयालले भन्नु भयो ।

पक्राउ पुर्जी जारी भएको हप्ता दिन बित्त्दा समेत प्रहरीले पक्राउ गरेको छैन । जाहेरी वाला पक्षले फौजदारी अभियोग अन्तर्गत ज्यानमार्ने कसुरमा मुद्दा दर्ता गरेपनि अहिले सम्म पक्राउ पनि नहुदा मुद्दा मेलमिलापमै गएर मुद्दा सुल्झाइन्छ कि भन्ने आशन्का धेरैले राखेको पार्वती क्षेत्रीले बताउनु भयो ।  घटना भएको १० दिन भयो । हामीले मुद्दा दर्ता त गर्‍यौ तर उहाहरु खुलेआम घुम्नु भएको छ र पनि प्रहरीले पक्राउ गरेको छैन । क्षेत्रीले भन्नु भयो ।

इलाका प्रहरी कार्यालय बर्दघाटमा दर्ता नम्बर १३ मा ज्यान मार्ने सम्बन्धि कसुर भदौ ८ गतेको दरखास्त सुचना प्राप्त भइ भदौ ९ गते दर्ता प्रहरी कार्यालयको दर्ता किताबमा दर्ता गरिएको इलाका प्रहरी कार्यालय बर्दघाटले जनाएको छ । जग्गाको बिषयमा बिवाद हुदा वडा कार्यलयमा नै पार्वती क्षेत्री र राजबहादुर क्षेत्री घाइते भएका थिए । वडा कार्यालयमा बोलाएर ज्यान मार्ने नियतले नै सामुहिक कुटपिटगरी घाईते बनाएको भन्दै पिडितका आफन्ती रितुराज जि।सी।ले बर्दघाट–१४ बस्ने रितमान कामु, प्रेम कामु, जिवन कामु र कृष्ण कामु गरी चार दाजुभाईको किटानी जाहेरी दिएका थिए ।
पीडित पक्षले ज्यान मार्ने उद्योगमा किटान जाहेरी दर्ता गर्दै घाइतेको उपचार खर्चको क्षतिपुर्ति र कानुनी कार्वाहीको माग गरेका छन । कुटपिट गर्ने प्रेम कामु नेपाली काङ्ग्रेसका जिल्ला सदस्य समेत हुन भने उनका दाजु रितमान कामु जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष हुन अर्का भाइ कृष्ण कामु तरुणदलको वडा सभापति हुन ।

नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य देबेन्द्र राज कंडेलको सामाजिक संजाल मार्फत सार्वजनिक भएको तस्विर हेरेपछि घटनामा संलग्न कामु दाजु भाईलाई राजनीति आडमा शत्ता र शक्तिकै कारण जोगाउने चलखेल गरेको प्रष्ट देखिन्छ । आइतबार नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य देबेन्द्र राज कंडेल, महासमिति सदस्य देवकरण कलवारसहित कामु दाजुभाइ राष्ट्रपति र सभापति देउवासङ्ग देखिनुलाई मुद्दा राजनीति आडमा नै मिलाउन खोजिएको प्रस्त देखिएको भन्दै बिभिन्न टिका टिप्पणी भएका छन ।