Sarawal sit lahar Notis

ग्रामिण बाल्मिकी साकोस ,बर्दघाट सेवा केन्द्रको बिस्तारीत मञ्च कार्यक्रम सम्पन्न

358

बर्दघाट,भदौ
ग्रामिण बाल्मिकी बचत तथा ऋण सहकारी संस्था ,बर्दघाट सेवा केन्द्रको बिस्तारीत मञ्च बर्दघाटमा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष रबिन्द्र विक्रम हमालको अध्यक्षता र सह–सचिव कृष्ण प्रसाद गौतमको सञ्चालन रहेको कार्यक्रममा बर्दघाट सेवा केन्द्र अन्तर्गतका प्रतिनिधिमुलक शेयर सदस्यहरुको सहभागिता रहेको थियो ।
संस्थाको अहिले सम्मको बित्तिय अवस्था र संस्थाले अघिसारेका निति तथा कार्यक्रमहरुका वारेमा सहभगिहरुसंग बिस्तारीत मञ्चमा छलफल तथा अन्तरक्रिया गरीएको थियो ।

कार्यक्रममा सहभागिहरुले संस्थाले २०८१ जेठ १० गते देखि लागुहुने गरी बचत र ऋणका शिर्षकहरुमा तयगरेका ब्याजदरका बारेमा गहन छलफल भएको थियो भने समुह गत ऋणका वारेमा फरक मत आएपछि त्यसलाई सच्चाएर अघि बढ्ने अध्यक्ष हमालले प्रतिवद्धता जाहेर गर्नु भएको थियो ।
फरक प्रसंगमा अध्यक्ष हमालले सहकारीमा सदस्य भएपछि संस्थाको मालिक हुने भएकाले संस्था नाफामा जाँदा वा घाटामा जाँदा त्यसको प्रतिफल सबै सदस्यले पाउने भएकाले नाफा घाटाको कुनै कुरा नहुने संस्थाका अध्यक्ष हमालको भनाई रहेको थियो।

१२ हजार ४ सय २७ शेयर सदस्य रहेको ग्रामिण बाल्मिकी बतत तथा ऋण सहकारी संस्थामा अहिले ९ वटा समुहगत सदस्य रहेका छन भने ७ हजार ७९ महिला र ५ हजार ३ सय ३९ पुरुष शेयर सदस्य रहेका छन ।
६ वटा सेवा केन्द्र र जिमिरेभारमा केन्द्रिय कार्यालय रहेको ग्रामिण बाल्मिकी बतत तथा ऋण सहकारी संस्थाले यस बर्ष भने शेयर लाभांस नदिने भएको छ ।
संस्थाका सल्लाहकार तथा निर्वतमान अध्यक्ष देवि अधिकारीले शेयर सदस्यहरुको बचतलाई सुरक्षित गर्नका लागि संस्थाले कमाएको नाफाबाट भाका नाघेको ऋणहरुको सुरक्षित कोष खडागर्न लागिएका कारण यस बर्ष लाभांस बाँडन नसकेको जानकारी गारउनु भएको थियो ।

लाभांस बाड्नका लागि छुट्टै कोष खडा गर्नु पर्ने र संस्थाको कार्यकुशलता भए नभएको हेर्न जरुरी रहेको संस्थाका सल्लाहाकार बद्री खनालले बताउनु भएको थियो । त्यसैगरी बाहिरी संस्थाहरुमा लगानी गर्दा समस्या आउन सक्ने भएकाले त्यस्ता लगानीहरु घटाउदै जानु पर्ने सल्लाहकार खनालले संस्थाका सञ्चालकहरुलाई सुझाब दिनु भएको थियो ।

बर्दघाटको प्रभाकर क्याट्रिङ्गमा भएको बर्दघाट सेवा केन्द्रको बिस्तारीत मञ्च कार्यक्रममा संस्थाका लेखा सुपरिवेक्षण समितिका संयोजक भानुभक्त ढकाल,सल्लाकार रामप्रसाद पौडेल,कृष्णहरि पौडेल, संस्थाका कोषाध्यक्ष मुरलीकृष्ण खनाल बर्दघाट प्रेस क्बलका अध्यक्ष कुस्माकर ढकाल लगाएतको उपस्थिती रहेको थियो ।