Sarawal sit lahar Notis

बर्दघाट नगरमा विद्यालय वरपर मादक पदार्थ विक्रिगर्ने काम रोकिएन

51

कृष्ण ढकाल
बर्दघाट,भदौ–१२
बर्दघाट नगरपालिका वडा नं ५ लाई बालमैत्री वडा घोषणाका लागि नगर र वडाले अभियान सञ्चालन गरिरहदा विद्यालयक्षेत्र नजिकका पसललेहरुले भने अभियानलाई साथ नदिएको पाईएको छ ।

विद्यालयदेखि सय मिटर वरपर मादक पदार्थ विक्रिगर्ने पसलहरु सञ्चालन गर्न नपाइने र सुर्तिजन्य पदार्थ खुल्ला रुपमा विक्रि गर्न नपाइने जानकारी पटक–पटक गराउदा समेत अटेरी गरेको बिमला गुरुङ ले बताउनु भएको छ ।

विद्यालयदेखि सय मिटर वरपर मादक पदार्थ विक्रि गर्नेकार्य बन्द गर्न अटेरी गरेपछि बुधवार नगरपालिकाको टोलिले बण्डाखोला र पाल्डाडाको विद्यालयक्षेत्र नजिकका पसलहरुको अनुगमन गरेको थियो । अनुगमनका क्रममा विद्यालयक्षेत्र नजिकका अधिकांश पसलहरुमा मादक पदार्थ विक्रिगर्ने गरेको भेटिएपछि पहिलो पटकलाई सम्झाएर छोडिएको र सुर्तिजन्य वस्तु जफत गरेको थियो ।

त्यसैगरी केहि पसलहरुले सञ्चालनको अनुमति लिएपनि नविकरण नगरेको र उध्देश्य अनुसारको ब्यापार नगरेको भेटिएको अनुगमन टोलिका संयोजक तथा बर्दघाट नगरपालिकाका उप–प्रमुख रुद्र प्रकाश उपाध्यायले बताउनु भएको छ । तर नगरका अन्यक्षेत्रको तुलनामा वडा नं ५ का पसलेहरुले घरेलु,नगर र उद्योग वाणीज्य संघका प्रमाणहरु लिएर पाको भएर बसेको भेटिएपछि धन्यवाद समेत दिएको उपप्रमुख उपाध्यायले बताउनु भयो ।

घरेलु, नगरपालिका र बर्दघाट उद्योग वाणीज्य संघ सबैमा दर्ता भएर प्यान लिने र कर बुझाएको प्रमाण अनुगमन टोलिलाई देखाउदै पसल सञ्चालक

अनुगमनमा बर्दघाट नगरका प्रमुख प्रशासकिय अधिकृत तथा खाद्य अधिकृत प्रकाश खनाल,बर्दघाट नगरका आर्थिक विकास शाखा अधिकृत पशुपति गैरे,पत्रकार तथा उपभोक्ता हित संरक्षण मञ्च नेपाल बर्दघाट नगर समितिका सचिव कुस्माकर ढकाल ,वडा नं। ५ का वडाध्यक्ष बिमला गुरुङ लगाएत वडाका जनप्रतिनिधि र नगरका कर्मचारी एवं नगरप्रहरीहरुको सहभागिता रहेको थियो ।

बर्दघाट नगरलाई २०७६ साल देखि बालमैत्री नगर बनाउने तयारीमा नगर जुटेको थियो । बालमैत्री स्थानिय शासन अवलम्बन गरी बालमैत्री घोषणाका लागि हुनु पर्ने ५१ सुचकहरु मध्ये कम्तीमा ४९ वटा सुचक पुरा गरेपछि मात्र वडालाई बालमैत्री वडा घोषणा गर्न पाउने कानुनि प्रावधान रहेको छ । जस्मा बाल बचाउ,बाल संरक्षण,बाल विकास, बाल सहभागिता र संस्थागतका सुचकहरु पुरा गरेपश्चात मात्र बालमैत्री वडा घोषणा गर्न पाईने हुन्छ ।