sunwal

ग्लोबल आईएमई बैंकद्वारा अपाङ्ग तथा अनाथ बालबालिकाहरुलाई सहयोग प्रदान

274

कृष्ण ढकाल
बर्दघाट,भदौं–७

ग्लोबल आईएमई बैंक लिमिटेड पश्चिम नवलपरासीको बर्दघाट शाखाले अपाङ्ग तथा अनाथ बालबालिकाहरुलाई खेलकुद तथा शैक्षिक सामग्रीहरु सहयोग गरेको छ ।

बर्दघाट नगरपालिका वडा नं. १४,चौपत्तामा रहेको अपाङ्ग तथा अनाथ बालबालिकाहरुको सहयोगी संस्था सहयात्री नेपालमा रहेका बालबालिकाहरुलाई करिव १० हजार रुपैया बरावरको खेलकुद तथा शैक्षिक सामग्रीहरु सहयोग गरेको ग्लोबल आईएमई बैंक लिमिटेड बर्दघाट शाखाकी माया तामाङ्गले जानकारी गराउनु भएको छ ।

सहयात्री नेपालको सभाहलमा आयोजना गरीएको सहयोग सामाग्री हस्तान्त्रण कार्यक्रममा संस्थाकी अध्यक्ष तिलकुमारी तुलाचन ,समाज सेवी दामोदर जि.सी.लगाएत बैंकका कर्मचारीहरुको समेत सहभागिता रहेको थियो ।

ग्लोबल आइएमई बैंक बर्दघाट शाखाले आफ्नो स्थापनाकाल देखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर बेला बेलामा यस प्रकारका सेवामुखि कार्यक्रमहरुको आयोजना गरी समाजीक कार्यमा सक्रिय हुदैआएको छ ।