kalika

सुस्ताको बिषयमा प्रदेश सभा सदस्यहरुले प्रदेश सरकारलाई ध्यानाकर्षण गराए

456

कृष्ण ढकाल
बर्दघाट,भदौ–६
पश्चिम नवलपरासीको सुस्ताका उद्योगी व्यवसायीहरुको समस्याको समाधान गर्न माग गर्दै पश्चिम नवलपरासीका प्रदेश सभा सदस्यहरुले प्रदेश सरकारलाई ध्यानाकर्षण गराएका छन् ।
बिहिवार चार जना प्रदेश सभा सदस्यहरु देवकरण कलवार सन्तु, विश्वप्रेम पाठक, खड्ग बस्नेत र वैजनाथ कलवारले लुम्बिनी प्रदेश सरकारका उद्योग तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेलाई ज्ञापन पत्र बुझाएका हुन ।
स्थानिय तहको सिफारिसको आधारमा घरेलु कार्यालयमा व्यवसाय दर्ताको अनुमती दिन प्रदेश सरकारको ध्यानआर्कषण गराएको प्रदेश सभा सदस्य खड्ग बस्नेतले बताउनु भयो ।

पश्चिम नवलपरासीको सुस्तामा उद्योग व्यवसाय दर्ता नहुदा स्थानियलाई समस्या भएको छ । नारायणीपारीको सुस्ता गाँउका अधिकांश स्थानियसंग नागरिकता र लालपुर्जा छैन् । लालपुर्जा नहुदा व्यपार व्यवसाय दर्ता पनि हुन सकेको छैन् । कतिपय स्थानियले उद्योग व्यवसाय बिना दर्ता संञ्चालन गरेपनी उत्पादित समाग्रि किनबेचमा समस्या भएको सुस्ताका स्थानिय तथा सुस्ता बचाउ अभियानका प्रवक्ता रविन्द्र जयसवालले बताउनुभयो ।

साथै सुस्तामा राष्ट्रिय प्रशारण लाईनको विद्युत समेत विस्तारको क्रममा रहेकाले विद्युत मिटरका लागी पनि लालपुर्जा नहुदा समस्या भएकाले समस्या समाधानको लागी सुस्ताबासीले सरकार संग माग गरेका छन् । नारायणीपारीको सुस्ता गाँउमा झन्डै ३ सय परिवारको बसोबास छ । जसमध्ये अधिकांश संग नागरिकता नहुदा सरकारी निकाय संग सम्बन्धित कामबाट सुस्ताबासी बन्चित हुदै आएका छन् ।
सदरमुकाम परासीमा रहेको घरेलु तथा साना उद्योग कार्यालयमा व्यवसाय दर्ताका लागी सुस्ताबासी आउने गरेपनि कार्यालयले लालपुर्जा नभएको भन्दै फिर्ता पठाईदिने गरेको छ ।
भारतिय अतिक्रमणको चपेटमा पर्दै आएको सुस्ता भौतिक पुर्वाधारले सम्पन्न हुदै गएपनि नागरिकताको समस्या भने जस्ताको तस्तै छ । अहिले नारायणी नदिमा पारी सुस्ता गाँउ जोड्ने गरी नेपालकै लामो झोलुगें पुल निर्माण भएपछि आउजाउमा सहज भएको छ । उक्त पुलबाटै राष्ट्रिय प्रशारण लाईनको विद्युत सुस्तामा पुग्दै छ तर लालपुर्जा नहुदा विद्युत मिटर कसरी जडान गर्ने भन्नेमा सुस्ताबासी चिन्तीत बनेका छन् ।