गौरीशंकर जयसवाल
भदाै–५
पश्चिम नवलपरासीको बर्दघाटको खजुरा खोलामा बनाउने भनिएको पुल निर्माण अलपत्र परेको छ । पुल निमाणर्को योजना परेपनि समयमा निमाणर् नभएपछि स्थानीयलाई सास्ती भएको छ ।
बर्दघाट नगरपालिकाको वडा न ५ र १६ जोड्ने खजुरा पुल अपलपत्र हुदाँ र नागरिकलाई आवात ¬जावातमा सास्ती खेप्दै आएका छन । स्थानिबासीहरु खोला तरेर वारी पारी गर्नुपर्दा वर्षायाममा निकै जोखिम भएको छ । बर्दघाट नगरपालिकाका भित्रका अधिकांस बिद्यालयहरु खोला पारी नै भएकोले बालबालिकाहरु जोखिम मोलेर खोला तरेर आउने गरेका छन् ।
चुनावमा राजनितिक दलकोे मुख्य चुनावी नारा नै बर्दघाटको खजुरा खोलामा पुल निमाणर् गर्ने हुन्थ्यो तर निर्माण अलपत्र पर्दा समेत कुनै पनि राजनितीक दलहरुले आवाज नउठाएका छैनन् ।
नागरिकले सास्ती भोग्न परेपछि संघदेखि स्थानीयसम्मका जनप्रतिनिधीमाथि आक्रोश पोख्न् थालेका छन । पूर्व सांसद एवं पुर्व मन्त्री हृदेश त्रिपाठीले पहल गरी पुलको योजना सहित टेन्डर गरे तर उनी सरकारमा नभएपछि कामले गति लिन सकेन । नवलपरासी क्षेत्र नम्बर १ का बाट निर्वाचित प्रतिनिधीसभा सदस्य एवम् अर्वपति बिनोद कुमार चौधरीले सम्बन्धित निकायलाई कुनै पनि खबर नदिई तामझामको साथ बर्दघाटको वडा न ५ र १६ जोड्ने खजुरे खोलाको पुल निकै तामझामका साथ शिलान्यास गरेका थिए ।
तामझाका साथ खजुरा खोला पुलको शिलान्यास गरेपनि करिब ४ बर्ष सम्म खोलामा पुल काम अपलपत्र परेको छ । चौधरीले ०७९ चैत्र १२ गते शिलान्यास गरेका थिए । शिलान्यास गर्ने क्रममा निकै चर्चा र तामझाम पाएको त्यस क्षेत्रको जनताको पुल अब बन्ने भयो भन्दै खुशी भएको तर खजुरे खोला पुल अलपत्र बन्दा स्थानीयमा निराशा छाएको छ । यसरी अलपत्र परेपछी एमालेबाट सामानुपतिक प्रतिनिधीसभा सदस्यका रुपमा रहेकी सरिता भुसाल खनालले संसदमा कुरा उठाईकी थिईन ।
तर सम्बन्धित निकायबाट कुनै पनि सुनुवाई नभएपछि अलपत्र अवस्थाका रहेको स्थानियहरुले बताएका छन् । सांसद चौधरीले शिलान्यस गरेर मात्र नहुने त्यो पुल बनाउने जिम्मेवारी लिनुपर्ने स्थानीयको माग छ ।
पूर्व मन्त्री हृदेयश त्रिपाठीले भने सांसद चौधरीले हतपत र हतारहतार तामझामका साथ पुलको शिलान्यस गर्ने तर निर्माणमा चासो नदेखाएको कारण अलपत्र परेको बताए । सांसद चौधरीले शिलान्यास कार्यक्रममा लुम्बिनी प्रदेश सांसद विश्वप्रेम पाठकको उपस्थितिमै खजुरा खोलाको पुलको योजना हृदेयश त्रिपाठीको पहलमा आएको बताएका थिए ।
पुल नहुँदा घुमाउरो लामो दुरीको बाटो प्रयोग गर्नु पर्दा स्थानियलाई बर्षायाममा निकै सास्ती हुने गरेको स्थानीय इन्द्र गुरुङले बताए । पुल निर्माण पछि त्रिबेणि धाम सम्म पुग्न र त्यस क्षेत्रका नागरिकलाई आवतजावतमा सहज हुन्छ । तर पुल निर्माण कार्य अलपत्र बन्दा स्थानिय निरास बनेका छन । समयमा पुल निमाणर् गर्न स्थानियहरुको माग छ।
निर्माण कार्यले गति लिन नसकेपछि बर्दघाट नगरपालिकाको पटक पटकको ताकेता र पहल पछि निर्माण कम्पनीलाई खोजि गरिदिन सिडिओलाई आग्रह गरेको थियो । केही दिन पछि ठेकेदार सम्पर्कमा आएर काम पनि सुरु गरे तर अहिले फेरि सम्पर्क बिहीन भएपछि निर्माण अलपत्र छ । ४ बर्षसम्म पुलको एउटा मात्रै पिल्लर (फाउन्डेसन) तयार भएको छ ।
२०७७ साल पुषमा निर्माण कम्पनी श्रीमृत सन्जिवनी सेवासंग ठेक्का सम्झौता भइ २०७९ चैत्र बाट काम सुरु भएको पुलको निर्माण कार्य अघि बढ्न सकेको छैन । नौ करोड ७७ लाखको लागतमा निर्माण हुने भनिएको पुल बजेट अभावमा अलपत्र बनेको हो । ७५ मिटर लम्बाई र ११ मिटर चौडाई रहने पुलको निर्माण कार्य ३० महिना भित्र सक्नु पर्ने थियो ।
बजेट अभावकै कारण पुल निर्माणको काम ठप्प भएको सडक डिभिजन कार्यालय पुल महाशाखाका ईन्जिनियर सन्तोष भण्डारीले बताए । सुरुमा ६० लाख रुपैयाँ मात्रै बिनियोजन भएको र अहिले चालू आर्थिक बर्षमा ४७ लाख मात्र बिनियोजन भएकोमा ठेकेदारले फाउन्डेसनकै काम सुरु गर्दा अघिल्लो बर्षकै भुक्तानी लिन बाकी रहेकाले चालू आबको बजेट समेत भुक्तानी भैसकेको भण्डारीले बताए ।