कृष्ण ढकाल
बर्दघाट, भदौ–१
टाईम बचत तथा ऋण सहकारी संस्था,बर्दघाटको १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष गणेश पाण्डेको अध्यक्षता र संस्थाका संस्थापक अध्यक्ष तथा बर्दघाट नगर उप–प्रमुख रुद्रप्रकाश उपाध्यायको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभाले ११ करोड ३० लाख ७५ हजार ९ सय ५७ रुपैया बारबरको आय ब्यय विवरण पारित गरेको छ ।
संस्थाका उपाध्यक्ष गंगा पाण्डेको स्वागत मन्तब्य तथा सचिव डिल्लीराज कंडेलको सञ्चाल रहेको सभामा अध्यक्ष गणेश पाण्डेले प्रस्तुत गर्नु भएको संस्थाको वार्षिक प्रगति प्रतिवेदन, सचिव डिल्लीराज कंडेलको प्रशासनिक प्रतिवेदन र कोषाध्यक्ष ओमप्रकाश डुम्रेको आर्थिक प्रतिवेदन सर्बसम्वत रुपमा पारित भएको थियो ।
त्यसैगरी लेखा सु–परिवेक्षण समितिका सदस्य सृजना लम्सालले प्रस्तुत गर्नु भएको लेखा सु–परिवेक्षण प्रतिवेदन र ऋण उप–समितिका संयोजक भरत कंडेलले प्रस्तुत गर्नु भएको ऋण उप–समितिको प्रतिवेदन समेत सर्बसम्वत रुपमा पारित भएको छ ।
१३ औं वार्षिक साधारण सभाका प्रमुख अतिथि तथा नगर उप–प्रमुख उपाध्यायले सभालाई सम्बोधनगर्दै सहकारीहरु अलि फराकिलो भएर अघिबढ्न जरुरी रहेको बताउनु भएको थियो । उहााले अहिले बर्दघाट नगरमा २२ वटा सहकारीहरु सुचिकृत रहेको सो अवसरमा जानकारी गराउनु भयो।
बर्दघाट नगरले नगरका बैंक तथा सहकारीहरुसंग सहकार्य गरेर ऋणीको ब्याज अनुदान योजना सञ्चालन गर्ने तयारीमा रहेको जानकारी गराउनु भएको छ । नगरका गरिव तथा ब्युत्पन्न समुदायका युवाहरु पहिचान गरेर उनीहरुलाई ब्यवसायिक बनाउन ऋण रकमको ब्याज अनुदान नगरले दिने योजना अघि सारेको बताउनु भएको थियो ।
गरिव तथा ब्युत्पन्न समुदायका युवाहरुलाई सहुलियत ऋणको ब्यवस्था गरेर ऋणको ब्याज नगरवाट अनुदान दिएरै भएपनि सहयोग गरेमा केहि राहत हुने लक्ष्यका साथ नगरले बजेट विनियोजन गरीसकेको कार्यक्रममा जानकारी गराउन्ु भएको थियो ।
त्यसैगरी नगरले गरेका कामहरु प्रति सबैले निगरानी गरेर कार्य सम्पादनमा सहयोग गर्नका लागि समेत आग्रह गर्नु भएको थियो ।
२०६८ सालमा विधिवत रुपमा संस्था दर्ता गरेर सेवा शुरु गरेको टाईम बचत तथा ऋण सहकारी संस्था,बर्दघाटले अहिले बर्दघाट नगरपालिका , विनय त्रिवेणी गाउँपालिकाको वडा नं. १ र २ तथा प्रतापपुर गाउँपालिकाको वडा नं. १ र २ लाई कार्यक्षेत्र कायमगरेर अघिबढेको संस्थाका अध्यक्ष पाण्डेले बताउनु भयो ।
२ हजार १ सय ४७ शेयर सदस्यहरुलाई संगठीग गर्दै अघिबढेको टाईम बचत तथा ऋण सहकारी संस्था,बर्दघाटको अहिलेको शेयर पुंजी ८९ लाख ४७ हजार ५ सय रहेको संस्थाले प्रकाशन गरेको वार्षिक प्रगति प्रतिवेदन पुस्तीकामा उल्लेख गरेको छ ।