sunwal

बाढीपिढितमा भौतिक पूर्वाधार विकास डिभिजन कार्यालय स्थापना गर्न पहल

474

कृष्ण ढकाल
बर्दघाट,साउन–२९

नेकपा एमाले नवलपरासीका नेताहरुले बर्दघाट–४ बाढीपिढितमा भौतिक पूर्वाधार विकास डिभिजन कार्यालय स्थापना गर्ने माग गर्दै लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री भुमिस्वर ढकाललाई ज्ञापन पत्र बुझाएका छन ।
नेकपा एमाले नवलपरासीका जिल्ला अध्यक्ष दिपेन्द्र कुमार अधिकारीको नेतृत्वमा गएको टोलिमा हरिदेव पाण्डे,रामबहादुर भण्डारी मोहन वि.क,दानप्रसाद शर्मा रहनु भएको छ ।

बर्दघाट नगरपालिकाको यहि साउन २७ गते भएको कार्यपालिका बैठकको निर्णय नं. ३ का आधारमा प्रदेश सरकारबाट सञ्चालन गरीने योजना तथा कार्यक्रम कार्यान्वयन गर्न पूर्वाधार विकास डिभिजन कार्यालय बर्दघाटमा स्थापना गर्न लागिएको नेकपा एमालेका जिल्ला अध्यक्ष दिपेन्द्र कुमार अधिकारीले बताउनु भएको छ ।
बर्दघाट नगरपालिकाको सहमति पत्रका आधारमा बाढीपिढितमा भौतिक पूर्वाधार विकास डिभिजन कार्यालय स्थापना गर्ने पहलकदमी नेकपा एमालेले शुरु गरेको अध्यक्ष अधिकारीको भनाई रहेको छ ।

साविकको माकर गाविस रहेको स्थानमा प्राप्त प्रर्वाधार सहित नयाँ संरचना निर्माण भैसकेको र प्रयोगमा नआएको अवस्थामा अहिले भौतिक पूर्वाधार विकास डिभिजन कार्यालय स्थापना गर्न सकियो भने पूर्वाधार कार्यालयबाट प्रदान गरिने पूर्वाधार सम्वन्धि कार्यगर्न सहजता हुने भएकाले डिभिजन कार्यालय स्थापना गर्न पहल गरेको अध्यक्ष अधिकारीले बताउनु भयो ।