sunwal

कक्षा १२को परिक्षामा यसबर्ष सबै भन्दा राम्रो नतिजा बाल्मिकी मा.बि.ले ल्याउन सफल

513

साउन –२९
बर्दघाट नगरका सस्थागत र अन्य सामुदायिक विद्यालयहरुलाई पछिपार्दै यस बर्ष कक्षा १२ को परिक्षामा सबै भन्दा राम्रो नतिजा ल्याउनमा बाल्मिकी मा.बि. सफल भएको छ । नगर भित्र रहेका २ वटा सस्थागत र ८ वटा सामुदायिक विद्यालयहरुलाई पछिपार्दै बर्दघाट–१, पुर्नरवासमा रहेको वाल्मीकि मा.बि. सबैभन्दा अब्बलहुन सफल भएको छ ।

बर्दघाट नगरका १० वटा विद्यालयमा कक्षा १२ को पढाइ भइरहेकोमा ६३ दशमलव १६ प्रतिसत विद्यार्थी उत्तीर्ण गराउदै सबै भन्दा राम्रो नतिजा वाल्मीकि माबि लउन सफल भएको छ । गत बर्ष २४ प्रतिशत उत्तीर्ण भएको यस विद्यालयले अहिले करिब ४० प्रतिशतले नतिजा वृद्धि गर्दै नगरमा उत्कृष्ट नतिजा दिएको छ ।

बर्दघाट नगरपालिकाको नतिजामा गत बर्ष भन्दा यस बर्ष ४० प्रतिशतले वृद्धि भएको छ । गत बर्ष १ हजार १ सय ३२ जना विद्यार्थीहरु मध्य ४ सय २५ जना उत्तिर्ण हुदा ३८ प्रतिसत नतिजा ल्याएको नगरले यस बर्ष १ हजार ६१ जना मध्य ५ सय ६६ जना उत्तीर्ण हुदा ५३ दसमलब ३५ प्रतिशत नतिजा रहेको छ । जुन गत बर्ष भन्दा ४० दशमलव ३९ प्रतिसतले बढी हो ।

सामुदायिक विद्यालयहरु नतिजा २० दशमलव ६२ प्रतिशतले वृद्धि भएको छ । गत बर्ष ८ सय १२ जना मध्ये २ सय २२ जना विद्यार्थी उत्तीर्ण हुदा २२ प्रतिसत नतिजा रहेको सामुदायिक विद्यालयमा यस बर्ष ६ सय ५१ विद्यार्थी मध्य ३ सय १० जना उत्तीर्ण हुदा ४७ दशमलव ६२ प्रतिशत नतिजा रहेको छ ।
नगरको समग्र नतिजा वृद्धि भए पनि नगरभित्र रहेका सस्थागत विद्यालयहरुको भने नतिजा यथास्थितिमा नै रहेको छ । गत बर्ष ३ सय २० जना मध्य २ सय ३ जना विद्यार्थी उत्तीर्ण हुदा ६३ प्रतिसत नतिजा रहेकोमा यस बर्ष ४ सय १० जना मध्य २ सय ५६ जना उत्तीर्ण हुदा ६२ दशमलव ४४ प्रतिसत नतिजा रहेको छ । जुन गत बर्ष भन्दा शुन्य दशमलव ५६ प्रतिसतले कमि हो ।

कुमुदिनीको ६२ दशमलव ५८ प्रतिसत र न्यु लाइफ को ६२ दशमलव ३५ प्रतिशत नतिजा रहेको छ । त्यस्तै गङ्गा माबी ६१ दशमलव २२, सरस्वती माबी ५४ दशमलव ७२, राजा माबी ५२ दशमलव ६३, नित्यानन्द रत्नकुमारी माबी ४८, दिव्य ज्योति माबी ४६ दशमलव ११, शान्ति निकुञ्जको ४१ दशमलव ३८ र दाउन्नेदेवि माबीको ३८ दशमलव ०३ प्रतिशत रहेको छ ।