Holi care school

पश्चिम नवलपरासीकाे यातायात व्यवस्था कार्यालयद्रारा २० करोड ३८ लाख राजस्व संकलन

169

प्रकाश न्यौपाने

साउन २७

पश्चिम नवलपरासीमा रहेको यातायात व्यवस्था सेवा कार्यालयले आर्थिक बर्ष २०८०/०८१ मा २० करोड ३८ लाख ७ हजार १ सय ५६ रुपैया राजस्व संकलन गरेको छ ।

गत असार महिनामा मात्रै १ करोड २६ लाख ५० हजार ७ सय ९० रुपैयाँ राजस्व संकलन भएको छ । यातायात व्यवस्था कार्यालयले सबै भन्दा धेरै सवारी साधन करबाट राजस्व संकलन गरेको छ । सवारी साधन करबापत १५ करोड ४ हजार ७ सय ५१ रुपैया, सवारी चालक अनुमती पत्र २ करोड ७७ लाख १७ हजार रुपैया, सवारी नवीकरणबाट १ करोड ६४ लाख ४३ हजार ७ सय रुपैया, यातायात क्षेत्रको आम्दानी पटके तथा विविधबाट ४० लाख ६७ हजार २ सय ९० रुपैया, आयकरबाट ५५ लाख ७४ हजार ४ सय १५ रुपैयाँ राजस्व संकलन भएको कार्यालय प्रमुख मुक्ती प्रसाद पाण्डेले जानकारी दिनु भयो ।

आर्थिक बर्ष २०७९/८० मा १२ करोड रुपैया राजस्व संकलन गरेको कार्यालयले यश बर्ष करिब ८ करोड रुपैया वृद्धि भएको पाण्डेले बताउनु भयो । ” अघिल्लो बर्ष १२ करोड संकलन भएको थियो । अहिले २० करोड भन्दा बढी छ । हामीले करिब ६६ प्रतिसतको हाराहारीमा यस कार्यालयबाट राजस्व संकलनमा वृद्धि गरेका छौ ।”