कृष्ण ढकाल
बर्दघाट,साउन–२७
बर्दघाट–४ मा रहेको पारिजात सामुदायिक वन उपभोक्ता समुहले आफ्ना परिषद सदस्यहरुको भेला गरेर अन्तरक्रिया तथा वन सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
पारिजात सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष कमानसिंह थापाको अध्यक्षता र बर्दघाट नगरपालिका वडा नं. ४ का वडाध्यक्ष वेदविना तिवारीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा वन संरक्षण र त्यसको उपयोगिताका बारेमा जानकारी गराईएको थियो ।
पारिजात सामुदायिक वन उपभोक्ता समुहका उपाध्यक्ष राजबहादुर पाण्डेको स्वागत मन्तब्य र सचिव दिलमाया कुवंरको सञ्चालन रहेको कार्यक्रममा बोल्दै प्रमुख अतिथि तिवारीले वनको संरक्षण र सदुपयोग सबैले मिलेर गर्नु पर्नेमा जोड दिनु भएको थियो ।
कार्यक्रमको समुद्घाटन सत्रलगत्तै भएको प्रशिक्षणात्म कार्यक्रममा बोल्दै पारिजात सामुदायिक वन उपभोक्ता समुहका निर्वतमान अध्यक्ष चुडामणी भण्डारीले समुहले अहिले सम्म गरेका काम र त्यसको प्रभावकारीताका बारेमा जानकारी गराउनु भएको थियो ।
कार्यक्रमा वैज्ञानिक वन ब्यवस्थापन महासंघ लुम्बिनी प्रदेशका महासचिव तथा चिसापानी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष होम बहादुर गुरुङले वनको महत्व र संरक्षणका वारेमा प्रशिक्षक दिनु भएको थियो ।
बर्दघाट–४ मा रहेको पारिजात सामुदायिक वन उपभोक्ता समुहमा बर्दघाट देखि सरावलको भारतिय सिमाना भुजहवा सम्मका उपभोक्ताहरु आवद्ध रहेका छन ।