sunwal

बर्दघाट बजार हिलाम्मे भएपछि स्थानिय ब्यापारी तथा सर्वसाधरणहरुद्धारा विरोध प्रर्दशन

366

कृष्ण ढकाल
बर्दघाट,साउन–२७

बुटवल–नारयणगढ राजमार्ग निमार्णको काम कार्तिक सम्मका लागि स्थगित भएपछि अहिले बर्दघाट बजार हिलाम्मे भएकाले स्थानिय ब्यापारी तथा सर्वसाधरणहरुलाई सास्ती भएको भन्दै बर्दघाट चोकमा आज बिहान १०ः३० बजे देखि १५ मिनेट सडक बन्द गरी चक्काजाम गरेका थिए।

राजमार्ग निर्माणको ठेक्का लिएको चाइना कम्पनीले बजार क्ष्ँेत्रको सडक र्ममत कार्यलाई वास्ता नगरेको र स्थानिय सरकारले चांसो नदिएको भन्दै तत्काल बजारक्षेत्रको सडक र्ममत गर्न दवाव दिनका लागि उक्त सडक बन्दको आवाहन गरेको बर्दघाट बजार बिकास समितिका अध्यक्ष गोबिन्द पाध्याले बताउनु भयो ।

स्थानिय संघ संस्था,प्रशासन ,सडक विभाग र स्थानिय तहले समेत ठेकेदार कम्पनीलाई सम्झौता अनुसार कामको गतिलाई बढाउन पटक–पटक आग्रह गर्दा पनि ठेकेदार कम्पनिले नमानेकै कारण अहिले समस्या सृजना भैरहेको भन्दै स्थानिय युवाहरुले बजारक्षेत्रको सडक मर्मतको काम शुरु नगर्दा सम्म यातायातका सवारी साधनहरु सञ्चालनमा रोक लगाएर विरोध कायमै राख्नु पर्ने आक्रोश ब्यक्त गरेका थिए ।
बजार चोकमा गरीएको चक्काजामका क्रममा स्थानिय सरकारले हिलाम्मे भएर हिड्न समेत नमिल्ल्ने हुदांपनि चांसो नदिएको भन्दै स्थानिय सरकारका विरुद्धमा नारावाजी गर्ने देखि दिउंसै नदेख्ने स्थानिय सरकारलाई जोज्न भन्दै सहभागिहरुले मोवाईको लाईट बालेर विरोध प्रर्दशन गरेका थिए ।

सडकमा विरोध गरेसंगै सडक बन्दको आवाहन गरेको बर्दघाट बजार बिकास समिति लगाएतको टोलि बर्दघाट नगरपालिकामा गएर नगर प्रमुखलाई तत्काल सडक मर्मतको ब्यवस्था गरी सहजता कायम गर्न अनुरोध गरेको थियो ।

समितिले गरेको अनुरोध पश्चात बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठले यसअघि पनि नगरले पहल गरेको स्मरण गराउदै दुईदिन भित्र सरोकारवाला पक्ष सबैसंग संगैबसेर समस्याको समाधान गर्ने वातावरण बनाउने प्रतिवद्धता जाहेर गर्नु भएको थियो ।