Sarawal sit lahar Notis

सामुदायिक वनहरु पारदर्शी भएर काम गर्न जरुरी छ

366

कृष्ण ढकाल
बर्दघाट,साउन–२४
सामुदायिक वनहरुले आफ्नो समुहको विधान र वन कार्ययोजना अनुसार पारदर्शी भएर काम गर्न जरुरी रहेको सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रिय सदस्य कमल परियारले बताउनु भएको छ।

सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला शाखा नवलपरासीले सुनवल–११ भडरीमा आयोजना गरेको सामुदायिक वन दिवस–२०८१ को कार्यक्रमलाई सम्वोधन गर्दै केन्द्रीय सदस्य परियारले उक्त कुरा बताउनु भएको हो ।
सामुदायिक वनका ब्यीक्तहरु सच्चिएर सबैले सुशासन र पारदर्शितालाई ध्यानदिन जरुरी रहेको बताउनु भयो । सामुदायिक वनका ब्यक्तिहरुले वन कार्यालयलाई मालपोत कार्यालय जस्तो बनाउन सहयोग गरेको आरोप लागेकाले सामुदायिक वनका ब्यीक्तहरु सच्चिन जरुरी रहेको उहाँको भनाई रहेको थियो ।

सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला शाखा नवलपरासीकी अध्यक्ष सारदा पोखरेलको अध्यक्षता र केन्द्रिय सदस्य कमल परियारको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा केन्द्रिय सदस्य टिचन गुरुङ,प्रदेश सदस्य दिर्घनारायण अर्याल,नारायण पाण्डे सल्लाहाकार हिमलाल चापागाई (दिलिप) सुनवल नगरमहासंघका अध्यक्ष कर्णबहादुर सेन,पत्रकार कुस्माकर ढकाल लगाएतले बोल्नु भएको थियो ।

सामुदायिक वनको प्रभावकारीता तीनै तहको सरकार र समुदायको भुमिका विषयक अन्तरक्रिया तथा वृक्षारोपण कार्यक्रममा बोल्ने बक्ताहरुले राज्यको प्रक्रिया पुरा गरेर मात्र वनमा काम गर्न र समयमा नै वन समुहको सामाजिक लेखापरिक्षण गर्न सुझाब दिएका थिए । त्यसैगरी राज्यले बिभिन्न वाहानामा दोरो तेरो कर लगाएको प्रति आक्रोश ब्यक्तगर्दै महासंघले त्यसको सहजीकरण गर्नु पर्ने सुझाब दिएका थिए ।

जिल्ला महासंघका उपाध्यक्ष दिलकराज डुम्रेको स्वागत मन्तब्य र सचिव खेमराज सापकोटाको सञ्चालन रहेको कार्यक्रममा बोल्दै जिल्ला अध्यक्ष पोखरेलले अहिले निति विधि र प्रक्रिया अनुसार दिगो वन ब्यवस्थापन नै सबै भन्दा राम्रो रहेको धारणा राख्नु भएको थियो । अब वन समुहहरुले वन जोगाउने र दाउरा बेच्ने मात्र काम नगरी वनवाट उद्यमशिलता हुनेगरी काम गर्नु पर्ने धारणा राख्नु भएको थियो ।