sunwal

बर्दघाटमा सञ्चालीत यज्ञमा पाठक र अधिकारीद्धारा सबैभन्दा बढिदान

647

कृष्ण ढकाल
बर्दघाट,साउन–२२

बर्दघाट नगरपालिका वडा नं. ४ मा रहेको शिवालय मन्दिरमा हिजो साउन २१ गतेबाट शुरु भएको श्रीमदभागवत महापुराण तथा श्रृङ्गारिक महाआरती रुद्राभिषेक महाअनुष्ठानमा आज दोस्रो दिन १ लाख ९० हजार नगद संकलन भएको छ ।

भगवान शिवको प्रिय महिना साउनको अवसर पारेर शिव भक्तहरुलाई लक्षीत गरी आयोजना गरीएको उक्त यज्ञमा आज दोस्रो दिन डि.बि. अधिकारीले ५१ हजार १ सय ११ रुपैया र अर्जुन पाठकले पनि ५१ हजार १ सय ११ रुपैया नगद दानगरेको यज्ञ सम्पादन मुल समितिका आर्थिक संयोजक डि.बि. अधिकारीले जानकारी गराउनु भएको छ ।

पहिलो दिनको कलस यात्रासंगै भएको समुद्घाटन कार्यक्रममा दिपक पाण्डेले ५१ हजार नगद सहयोग गर्नु भएको र केहि दानविरहरुले आर्थिक सहयोग गर्ने बोल–कबोल गरेपनि बोल–कबोल रकमलाई आम्दानीमा समावेस नगर्ने समितिको निर्णय भएको संयोजक अधिकारीले बताउनु भयो ।

बर्दघाट नगरकै धार्मिक तथा पर्यटकीय स्थलका रुपमा परिचित शिवालय मन्दिर परिसरमा निमार्ण भएका अधुरा कामहरुलाई सम्पन्न गर्ने लक्ष्यका साथ आयोजना गरीएको यज्ञमा पं.चन्द्रकान्त काफ्लेले संगीतमय कथा वाचन गरिरहनु भएको छ भने भक्तजनहरुको उल्लेखनीय सहभागिता रहेको छ ।

यहि साउन २१ देखि २८ गते सम्म सञ्चालन हुने श्रीमद्भागवत महापुराण तथा श्रृङ्गारिक महाआरती रुद्राभिषेक महाअनुष्ठानमा हुने खर्च लगाएत मन्दिर परिसरमा निमार्ण भएका अधुरा कामहरुको पूर्णताका लागि आर्थिक संकलन गर्न यज्ञ सम्पादन मुल समितिका संयोजक नन्दलाल न्यौपाने,शिव मन्दिर विकास समितिका अध्यक्ष देवि पौडेल,सचिव कमला शर्मा,यज्ञ सम्पादन मुल समितिका आर्थिक संयोजक डि.बि. अधिकारी, टोल विकास समितिका अध्यक्षहरु बिभिन्न आमा समुहहरुको टोलि लागिपरेको छ ।

त्यसैगरी यज्ञलाई सब्य र भब्य रुपमा सम्पन्न गर्नका लागि दैनिक आलो–पालो गरेर आमा समुहहरुले फलफूल तथा प्रसादी वितरण गर्ने देखि ब्यवस्थापनमा खटीएका छन । आज दोस्रो दिन शिवनगर आमा समुह फलफूल तथा प्रसादी वितरण गर्ने देखि ब्यवस्थापनमा खटीएको थियो भने तेस्रो दिन जनजागृति आमा समुह र चौथो दिन शिवशक्ति आमा समुहले गर्ने जिम्मेवारी लिइसकेकाछन । उनीहरुले सामुहिक रुपमा आर्थिक सहयोग समेत गरेको यज्ञ आयोजक समितिकी शिवकुमारी भट्टराईले बताउनु भएको छ ।

२०४२ सालमा स्थानिय समासेवी तथा धर्मअनुरागी ब्यक्तिहरुले स्थापना गरेको उक्त शिवालय मन्दिरलाई थप ब्यवस्थीत गर्नका लागि आयोजना गरीएको यस यज्ञमा ७÷८ लाख रुपैया खर्च हुने र २५ लाख बढी आर्थिक संकलन गर्ने लक्ष्य लिएर अघिबढीएको यज्ञ सम्पादन मुल समितिका संयोजक नन्दलाल न्यौपानेले बताउनु भएको छ ।

यज्ञमा नगद ५ हजार भन्दा बढी दानगर्ने दानविरहरु सबैलाई एकै प्रकारको सम्मान गरीने समेत आयोजकले जनाएको छ । बर्दघाट नगरपालिका वडा नं. ४ मा रहेको शिवालय मन्दिरमा यसअघि ३ वटा यज्ञहरु सब्य र भब्य रुपमा उद्धेश्य पुरा गर्ने गरी सम्पन्न भेसकेका छन ।