Holi care school

आयुर्वेद उपचार तर्फ आर्कषण बढ्दै

आयुर्वेद स्वास्थ्य सेवा केन्द्र परासीबाट एक वर्षमा ११ हजार बढिले सेवा लिए

345

 

डोल्मा चौधरी

परासी,साउन–१९

पश्चिम नवलपरासीमा आयुर्वेद उपचार तर्फ आर्कषण बढ्दै गएको छ । आयुर्वेद स्वास्थ्य सेवा केन्द्र परासीबाट एक वर्षमा ११ हजार बढिले सेवा लिएका छ ।

लुम्बिनी प्रदेश सरकारले पश्चिम नवलपरासीको सदरमुकाम परासीमा स्थापना गरेको नवलपरासी आयुर्वेद स्वास्थ्य केन्द्रमा उपचार गर्न सेवाग्राहीको दैनिक भिड लाग्ने गरेको छ । केन्द्र बाट गत आर्थिक वर्ष २०८०।८१ को एक वर्षको अवधिमा ११ हजार भन्दा बढि सेवाग्राहीले आयुर्वेद सेवा लिएका छन् । २ वर्ष देखि निःशुल्क रुपमा सेवा प्रदान गर्दै आएको आयूर्वेद केन्द्रमा दिनहु सेवाग्राहीको बाक्लो उपस्थिती रहने गरेको छ ।

दैनिक २५ देखि ३० जना सेवाग्राही आयुर्वेद  सेवा लिन आउने गरेको केन्द्रका सुचना अधिकारी एव वरिष्ठ कविराज निरीक्षक नरहरी अर्यालले जानकारी दिनुभयो । आर्थिक वर्ष २०८०।८१ मा ११ हजार १ सय ९५ जनाले केन्द्र बाट सेवा लिएका छन् । जसमा ५ हजार ५७३ महिला र ५ हजार ६२२ जना पुरुष रहेका छन् ।

सेवा लिनेमा २ देखि ४ वर्षसम्मका बालबालिकाको संख्या ७३ रहेको छ । ५ देखि १६ वर्षका ८१, यस्तै १७ देखि ५९ वर्षसम्ममा सबै भन्दा धेरै ३ हजार ६ सय ६१ जनाले  सेवा लिएका छन र ६० वर्ष भन्दा माथिका १ हजार ४ सय ७९ जना सेवाग्राहिले सेवा लिएका कार्यालयले जनाएको छ । गत अघिल्लो वर्षमा भने ९ हजार ३ सय ९३ जनाले सेवा लीएका थिए ।

संस्थाले निशु्ल्क स्वास्थ्य परिक्षण संगै परार्मश र औषधि उपलब्ध गराउने गरेको छ । स्वास्थ्य केन्द्रबाट नेपल सरकारले तोकेको २३ थरीका आर्युर्वेदिक औषधि निशुल्क रुपमा उपलब्ध हुने गर्दछ । तर प्रर्याप्त तथा पुरा औषधि भने नपाएको सेवाग्राहीको गुनासो छ । सेवाग्राही धेरै आउने भएकोले औषधी अभाव बढिरहेको संस्थाले जनाएको छ ।

नवलपरासीका विभिन्न स्थान र सिमावर्ती भारतिय बजार बाट समेत सेवा लिन आउने गरेको केन्द्रकी प्रमुख डा। अचना शुक्काले जानकारी दिनु भयो  । जिल्लामा पाल्हीनन्दनमा २, सरावलमा र प्रतापपुरमा  एक एक वटा आर्युर्वेद औषधालय रहेका छन् ।