Sarawal sit lahar Notis

अबको शिक्षा गुणस्तरीय सिप युक्त शिक्षा हुनु पर्छ ः स्वास्थ्य मन्त्री सारु

कक्षा ११ र १२ को पठनपाठन विहानमा गर्न नपाए अदालत जान्छौं ः प्याब्सन पूर्व अध्यक्ष गुरुङ

363

कृष्ण ढकाल
बर्दघाट,साउन –१८
अबको शिक्षा गुणस्तरीय सिप युक्त शिक्षा हुनु पर्ने लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले बताउनु भएको छ । प्याब्सन नवलपरासीद्धारा आयोजीत २०८० सालको एसईई परीक्षामा ए प्लस ल्याउने विद्यार्थीलाई सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सारुले उक्त कुरा बताउनु भएको हो ।

सामुदायिक विद्यालयहरुमा भौतीक पूर्वाधारहरुमा लगानी भएको तर गुणस्तरीय सिपयुक्त शिक्षा नभएको बताउदै संस्थागत विद्यालयहरुले दुवैपक्षलाई पुरा गरेको मन्त्री सारुले बताउनु भएको छ ।

दक्ष जनशक्ती उत्पादनमा संस्थागत विद्यालयहरु अघि रहेको मन्त्री सारुको भनाई रहेको थियो । संस्थागत विद्यालयको सिप ,क्षमता,नेतृत्व र ब्यवस्थापन पक्षलाई सामुदायिक विद्यालयहरुमा हस्तान्त्रण गर्नु पर्ने आजको अवस्था रहेको मन्त्री सारुले बताउनु भएको थियो । बिद्यार्थीहरुलाई संस्कार सहितको शिक्षा प्रदान गर्नु अहिले आवश्यता रहेकोमा मन्त्री सारुले जोड दिनु भएको थियो ।

त्यसैगरी उक्त कार्यक्रममा बोल्दै प्याब्सनका केन्द्रिय सचिव सुर्वण न्यौपानेले राज्यले सबैका लागि निःशुल्क शिक्षा दिनु पर्नेमा राज्यले गर्न नसकेको काम अभिभावकहरुले आफ्ना नानी बाबुहरुलाई आफ्नो पसिनाको रकम तिरेर संस्थागत विद्यालयहरुमा पढाएर राज्यको अरर्वाै रकम बचाइदिएको धारणा राख्नु भएको थियो ।

त्यस्तै प्याब्सन नवलपरासीका पूर्व अध्यक्ष ईन्द्रबहादुर गुरुङले संस्थागत विद्यालयहरुले कक्षा ११ र १२ को पठनपाठन विहानमा गर्न नपाए अदालत गुहार्ने चेतावनी दिनु भएको थियो । उहाँले शैक्षिक नागरीकहरु विदेशीनेक्रम बढीरहेका बेला केहि ब्यक्तिहरु रोकेको अवस्थामा पालिकाहरुले दिउसोमा सञ्चालन गर्न बाध्य बनाएका कारण संस्थागत विधालयहरु अब अदालत जानु बाहेकको कुनै विकल्प नरहेको धारणा राख्नु भएको थियो ।

प्याबसन नवलपरासीका अध्यक्ष गुरुदत्त पौडेलको अध्यक्षता एवंम लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री खेमबहादुर सारुको प्रमुख आतिथ्यतामा सुनवलमा भएको सम्मान कार्यक्रममा २०८० सालको एसइ.इ परीक्षामा निजि तथा आवासीय विद्यालय तर्फ ३ दशमलब ६१ जिपिए भन्दा माथि ए प्लस ल्याउने १ सय ४० जना विद्यार्थीलाई सम्मान गरीएको थियो ।

संस्थाका उपाध्यक्ष डम्बर बहादुर गुरुङ्गको स्वागत मन्तव्य रहेको कार्यक्रममा प्याब्सन नवलपरासीका पूर्व अध्यक्ष सुमन गोपाल आर्चाय ,राम प्रसाद पाण्डे,धिरज शर्मा, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रितमान कामु लगाएतले सम्मानित विद्यार्थीहरुलाई उच्च शिक्षा अध्यनका लागी शुभकामना प्रदान गर्नु भएको थियो ।
सो अवसरमा संस्थाका ७ जना पुर्व अध्यक्षहरुलाई सम्मान गरिएको थियो भने कार्यक्रमको संचालन सचिव यज्ञ प्रसाद न्यौपानेले गर्नु भएको थियो ।