sunwal

पश्चिम् नवलपरासीमा एक वर्षको अवधिमा ९० वटा सवारी दुर्घटना

246

बर्दघाट,साउन–१८

पश्चिम् नवलपरासीमा गतएक वर्षको अवधिमा ९० वटा सवारी दुर्घटना भएको छ । सडक दुर्घटनामा परी ३० जनाको मृत्यु भएको छ भने १ सय ३७ जना घाइते भएको ट्राफिक प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

ट्राफिक प्रहरी कार्यालय नवलपरासीका अनुसार सडकको अवस्था, मापसे लगायतका कारण दुर्घटना भएको देखिएको छ । एक वर्षको अवधिमा मापसे गरि सवारी चलाउने ८४ वटा सवारी चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरी कार्यालय नवलपरासीको तथ्याङ्क रहेकोे छ ।

यसै गरी एक बर्षको अवधिमा ट्राफिक प्रहरीले जिल्लामा एक करोड ७८ लाख ६२ हजार राजश्व सङ्कलन गरेको छ । ट्राफिक प्रहरीले सवारी साधन कारबाही जरिवाना गरी २०८० साउनदेखि २०८१ असार सम्म उक्त राजश्व रकम सङ्कलन गरेको हो ।

गत बर्ष २०७९र०८० चैत्रसम्म एक करोड ६८ लाख ८२ हजार पाँच सय रहेकोमा यस बर्ष २०८० साउनदेखि २०८१ असार सम्म एक करोड ७८ लाख ६२ हजार राजश्व उठाइएको प्रमुख खत्रीले बताउनु भयो । उहाँका अनुसार यसरी हेर्दा आव २०७९र०८०को तुलनामा यस आव ०८०र०८१ मा ५ दशमलव ८० प्रतिशत दर राजश्वमा वृद्धि भएको छ ।

जिल्लामा २०८० साउन देखि २०८१ असार सम्म मापसे ८४ वटा सवारी साधन कारबाहीमा परेका र जरिवाना बापत ८४ हजार राजश्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । सबैभन्दा बढी दुर्घटना र मानवीय क्षति दुई पाङ्ग्रे सवारी साधन दुर्घटनाबाट भएको पाइएको छ ।