sunwal

नेविसंघ नवलपरासीले जिल्ला कार्यसमिति विस्तार गर्यो

210

कृष्ण ढकाल
बर्दघाट,साउन–१५
नेपाल विधार्थी संघ नवलपरासीले जिल्ला कार्यसमिति विस्तार गरेको छ । साउन १४ गते बसेको जिल्ला तहका बिद्यार्थी नेताहरुको बैठकले ३६ जना बिद्यार्थी नेताहरुलाई नेपाल बिधार्थी संघ नवलपरासीको जिल्ला सदस्यमा मनोनयन गरीएको जिल्ला अध्यक्ष कमल बस्यालले जानकारी गराउनु भएको छ ।

नेपाल बिधार्थी संघको विधान २०२७ को संशोधन २०७५ अनुसार जिल्ला कार्यसमिति विस्तार गरीएको अध्यक्ष बस्यालले बताउनु भएको छ ।
जिल्लाका सबै पालिकाहरुवाट समावेस गरीएका संघको विस्तारीत नाम नामेसीहरु नेपाल बिधार्थी संघ केन्द्रीय समिति र संघको माउपार्टी नेपाली काँन्ग्रेसको जिल्ला तथा प्रदेश समितिमा समेत पठाएको अध्यक्ष बवस्यालले जानकारी गराउनु भएको छ ।