sunwal

समृद्धि पदकबाट चापागाईं सम्मानित 

254

कृष्ण ढकाल

बर्दघाट,साउन,१४

नवलपरासी जिल्लाबाट सबै भन्दा बढी बीमितको बीमा गर्न सफल बीमा अभिकर्ता जीवनप्रसाद चापागाईं नेपाल लाइफ इन्स्योरेन्स समृद्धि पदकबाट सम्मानित गरिएकाे छ।

नेपाल लाइफ इन्स्योरेन्सले आयाेजना गरेकाे कार्यक्रममा चापागाईंलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण रमण पराजुलीले प्रमाणपत्रसहित सम्मान गर्नु भएकाे थियाे।  चापागाईंले अनलाइनका माध्यमबाट पनि देशका विभिन्न जिल्लाका नागरिकहरूको बीमा गराउँदै आउनु भएकाे छ ।

नवलपरासीको बर्दघाट -४,लक्ष्मीनगरमा बस्दै आउनु भएका चापागाई नेपाल लाइफ इन्स्योरेन्सका सक्रिय अभिकर्ता सँगै सामाजिक अभियन्ताका रुपमा पनि आफुलाई स्पथापित गर्दैहुनुहुन्छ। उहाँले बीमितको बीमा गराए बापत आएको शुल्कको निश्चित प्रतिशत रकम सामाजिक काममा पनि खर्च गर्दै आएको चापागाईंले जानकारी गराउनु भएकाे छ।