sunwal

कक्षा ११ र १२ एउटै विधालयमा केन्द्रिकृत गरी सञ्चालन नगर्न नेकपा एमालेकोे आग्रह

393

कृष्ण ढकाल
बर्दघाट,साउन–१३
शैक्षिक शत्र २०८० को माध्यामिक शिक्षा परीक्षा ( एस.इ.इ.) नतिजामा उत्रिर्ण बिधार्थीहरुलाई कक्षा ११ र १२ मा अध्ययन गर्न नगरपालिकाले एउटै विधालयमा केन्द्रिकृत गर्न लागेको प्रति नेकपा एमाले बर्दघाट नगर कमिटिले आपत्ति जनाउदै नगरपालिकामा ज्ञापन पत्र बुझाएको छ ।
नगर कमिटिका अध्यक्ष केशव बहादुर खत्री क्षेत्रीको नेतृत्वमा गएको एमालेले नगरका प्रमुख प्रसासकिय अधिकृत प्रकाश खनाललाई ज्ञापन पत्र बुझाउदै नगरले अघि सारेको कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीहरुलाई एउटै विधालयमा केन्द्रीकृत गर्ने कार्य स्थगित गर्न माग गरेको छ ।
त्यसैगरी शिक्षक समायोजनको कार्य स्थगित रहेको बेला राजनितिक आस्थाका आधारमा काज सरुवा गरेर शिक्षकहरुलाई पक्ष्ँपातपूर्ण ब्यवहार भएको भन्दै तत्काल कार्यान्वयन नगर्न विज्ञप्ती मार्फत आग्रह गरेको छ ।
नेकपा एमाले बर्दघाट नगर कमिटि केशव बहादुर खत्री क्षेत्रीको हस्ताक्षर रहेको उक्त विज्ञप्तीमा बर्दघाट नगरपालिकाको कार्यालय र माताहतको शिक्षा शाखा लगाएत सम्पूर्ण जनप्रतिनिधि र सरोकारवाला निकायहरुसंग गरीएको अनुरोध सम्बोधन नभएमा चरणबद्ध आनदोलन गर्ने उल्लेख गरीएको छ ।