Sarawal sit lahar Notis

अनेरास्ववियुद्धारा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

375

कृष्ण ढकाल
बर्दघाट,साउन–१३
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विधार्थी युनियन (अनेरास्ववियु) दिब्य ज्योती बहुमुखि क्यामपस कमिटिले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा कुमुदिनी मा.बि. की आश्मा पौडेल प्रथम भएकी छन । त्यसैगरी दिब्य ज्योती बहुमुखी क्याम्पसकी एन्जिला चौधरी द्धितिय र राजा मा.बि. पञ्चनगरकी अस्मीता घिमिरे तृतिय भएकी छन ।
शैक्षिक गुणस्तर वृद्धिमा स्थानिय तहको भूमिका विषयक नगर स्तरीय मा.बि. तहको वक्तृत्वकला प्रतियोगितामा आश्मा पौडेलले १ सय १६ अंक अर्थात ३८.६७ प्रतिशत ल्याएर प्रर्थम भएकी हुन भने १ सय ७ अंक अर्थात ३५.६७ प्रतिशत ल्याएर एन्जिला चौधरी द्धितिय र १ सय ५ अंक अर्थात ३५.१७ प्रतिशत ल्याएर एन्जिला चौधरी द्धितिय भएको निर्णायक मण्डलका संयोजक कृष्णबन्धु पौडेलले बताउनु भएको छ ।

आज दिब्य ज्योती बहुमुखी क्याम्पसको सभाहलमा भएको उक्त प्रतियोगितामा कृष्णबन्धु पौडेल,धनपति पौडेल र उत्तमध्वज के.सी. निर्णायकमा रहनु भएको थियो ।
बर्दघाट नगरका संस्थागत र सामुदायिक गरी १८ वटा विधालयका विधार्थीहरुले सहभागिता जनाएको वक्तृत्वकला प्रतियोगितामा प्रथम हुनेलाई ५ हजार नगद र प्रमाण पत्र द्धितिय हुनेलाई ३ हजार र प्रमाण पत्र तथा तृतिय हुनेलाई २ हजार नगद र प्रमाण पत्र प्रदान गरीएको थियो ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विधार्थी युनियन (अनेरास्ववियु) दिब्य ज्योती बहुमुखि क्यामपस कमिटिका अध्यक्ष विपिन पाण्डेको अध्यक्षता र नेकपा एमाले जिल्ला कमीटी सदस्य तथा बिधार्थी इन्चार्ज सुसान्त घिमिरेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अनेरास्ववियुका जिल्ला अध्यक्ष सञ्जय मौर्य,दिब्य ज्योती बहुमुखि क्यामपस स्ववियु सभापति करिण बस्याल, बिधार्थी नेता मोहन वि.क.सन्दिप अधिकारी मिलन आचार्य लगाएतको उपस्थिती रहेको थियो भने कार्यक्रमको सञ्चालन प्रसान्त सुवेदीले गर्नु भएको थियो ।