Holi asnjal makar GURU

बर्दघाट उद्योग वाणिज्य संघद्धारा स्वास्थ्य तथा दुर्घटना विमा र विपत ब्यवस्थापन कोष स्थापना

234

 

कृष्ण ढकाल

बर्दघाट,साउन–६

बर्दघाट उद्योग वाणिज्य संघले संघमा आवद्ध उद्योगी ब्यवसायीहरुका लागि साउन १ गते देखि लागुहुने गरी १ लाख बराबरको स्वास्थ्य तथा दुर्घटना विमा शुरु गरेको छ ।

बिभिन्न कारणले विरामी भएमा वा भइपरि आउने घट्ना तथा दुर्घट्नाका कारण संघमा आवद्ध ब्यवसायिहरुलाई उपचारका लागि आर्थिक सहयोग पुर्याउने उद्धेश्यले उक्त  स्वास्थ्य तथा दुर्घटना विमा शुरु गरीएको संघका अध्यक्ष लेखनाथ न्यौपानेले बताउनु भएको छ ।

त्यसैगरी आजको बैठकले बर्दघाट उद्योग वाणिज्य संघमा आवद्ध उद्योगी ब्यवसायीहरुका लागि ५ लाखको विपत ब्यवस्थापन कोष स्थापना गरेको अध्यक्ष न्यौपानेले बताउनु भएको छ ।

यस अघि बर्दघाट नगरको हरियाली नगरमा रहेको बर्दघाट मण्डपमा औधोगिक ब्यापार मेला सञ्चालनका लागि बर्दघाट नगरले दिएको सहयोग रकममा संघले रकम थप गरेर ५ लाखको विपत ब्यवस्थापन कोष स्थापना गरेको संघका वरिष्ठ उपाध्यक्ष ताराप्रसाद गौतमले जानकारी दिनु भयो ।

बर्दघाट नगरमा रहेका उद्योगी ,ब्यापारी तथा ब्यवसायी सबैलाई बर्दघाट उद्योग वाणीज्य संघमा  ब्यवसाय दर्ता तथा नविकरण गर्ने वातावरण सृजना गर्ने र उनीहरुको हक, अधिकार र ब्यवसायीक वृद्धि विकासमा टेवा पुग्ने खालका कार्यहरुलाई निरन्तरता दिदैजाने गरी संघ अघि बढेको महासचिव गंगा पाठकले जानकारी गराउनु भयो ।