Sarawal sit lahar Notis

सरकार परिवर्तन भयो रे ः मनगोल्डी

131

सुने,हिजो सरकार परिवर्तन भयो रे
केहि महिना पहिलेको सरकार ढल्यो रे
नपहिले आशा,न अहिले उत्साह
न पहिले परिवर्तन,न अहिले नयाा सोँच
न पहिले केहि गरे न अहिले केहि गर्नेछन
पहिले पनि नौटंकी गरे,अहिले पनि त्यही गर्नेछन
सुने हिजो सरकार परिवर्तन भयो रे
भ्रष्टाचारीलाई भनै पुरस्कृत गर्यो रे

जनतालाई किन जहिले पनि हुने आधात
जनतालाई ऋणै ऋणको खातमाथी खात
न जनजिविका ,न रोजगारीहरुको बात
कान चिरेका जोगीहरुबाट कहाँ कहिले आश
सुने हिजो सरकार परिवर्तन भयो रे
काले काले मिलेर खााउ भाले भयो रे

गाँउ,घर,पहाड,डाँडा गएको गईरहेछ पहिरो
निमुखा जनतामा पीर ब्यथा बढ्को छ गहिरो
दिनानुदिन,घटना–दुर्घटना भएको भईछ
यीनको निदान न्यूनिकरण कहाा बता भएको छ
सुने हिजो सरकार परिवर्तन भयो रे
फेरी पहिलेका भ्रष्टचारीको दिन सुनौंलो भयो रे

@ २०८१ साउन १ गते