Sarawal sit lahar Notis

बर्दघाट नगरमा चोरीका घट्ना बढ्न थाले

238

कृष्ण ढकाल
बर्दघाट,साउन–३
बर्दघाट नगरमा चोरीका घट्ना बढ्न थालेका छन । बिषेशगरी सामुदायिक र सरकारी निकायका सामानहरु रातीको समयमा चोरीहुन थालेको छ । खेतको सिंचाईका लागि बोरीङ्गमा प्रयोग गरी राखिएका ट्रान्समिटरहरु पटक पटक चोरी भएका छन भने अहिले फेरी बर्दघाट नगरपालिका वडा नं. १४ मा रहेको पशुसेवा केन्द्रमा चोरी भएको छ ।
यसरी अज्ञात ब्यक्तिले रातीको समयमा पटक पटक चोरीका घट्नाहरु घटिरहदा प्रहरीले भने अहिले सम्म पनि चोर पत्ता लगाउन सकेको छैन । मंगलवार राती सेवा केन्द्रको ढोकाको ताला फोडेर चोरी गरीरहदा
केन्द्रबाट ९० हजार मूल्य बराबरको माईक्रोस्कोप र ३५ हजार मुल्यल्प प्रिन्टर मेसिन गरी १ लाख २५ हजार मुल्यका सामान चोरी भएको नगरका पशु शाखा प्रमुख भरत लम्सालले जानकारी दिनुभयो ।
बिहान कार्यालय समयमा कर्मचारी पुग्दा ताला फोडिएको अवस्थामा रहेको र तत्काल नै प्रहरीमा उजुरी गरिएको लम्सालले बताउनु भयो ।