Sarawal sit lahar Notis

कक्षा ११ र १२ दिवा समयमा सञ्चालन गर्न नगरको निर्देशन, निर्देशन नमान्नेमा चार विद्यालय

684

कृष्ण ढकाल
बर्दघाट,साउन–१
बर्दघाट नगरपालिकाले शैक्षिक सत्र २०८०/०८१ देखि कक्षा ११ र १२ का कक्षाहरु दिवा समयमा सञ्चालन गर्नका लागि नगरका सबै विद्यालयहरुलाई निर्देशन गरेको छ । गतशैक्षिक शत्रमा नै कक्षा ११ र १२ का कक्षाहरु दिवा समयमा सञ्चालन गर्न आग्रह गरेको बर्दघाट नगरले यस शैक्षिक शत्रमा भने निर्देशन कार्यान्वयन नगर्ने विद्यालयलाई कानुनि कार्वाहि गर्ने लिखित पत्र दिएको नगर प्रमुख शम्भुलाल श्रेष्ठले बताउनु भएको छ ।

बर्दघाट नगरपालिकाले आज नगर प्रमुखको कार्यकक्षमा पत्रकार सम्मेलनको आयोजना गरेर कक्षा ११ र १२ का कक्षाहरु दिवा समयमा सञ्चालन गर्न नगरले अहिले सम्म गरेका प्रयासहरुका वारेमा जानकारी गराएको थियो ।
पत्रकार सम्मेलनमा नगर उप प्रमुख रुद्रप्रकाश उपाध्याय,प्रमुख प्रशासकिय अधिकृत प्रकाश खनाल,नगर प्रवक्ता सन्तु गाहा, सामाजिक विकास समितिका संयोजक भिमकाजी गुरुङ,शिक्षा युवा तथा खेलकुद विकास शाखा प्रमुख लोकराज पन्थी लगाएतको सहभागिता रहेको थियो ।

पत्रकार सम्मेलनमा दिईएको प्रेस विज्ञप्ती अनुसार २०८० साल असार ५ गते भएको बर्दघाट नगरकार्यपालिकाको निर्णय बमोजिम नगरले २०८० असार १५ गते सबै विद्यालयलाई अनुरोध गरेको र २०८० साउन २१ गते पुनः दिवा कक्षा सञ्चालन गर्न निर्देशन गरेको विज्ञप्तीमा उल्लेख गरीएको छ । तर बर्दघाट नगरपालिकाले गरेको जानकारी र निर्देशनलाई अटेरी गरी बर्दघाट नगरका चारवटा विद्यालयहरुले कक्षा ११ र १२ का कक्षाहरु बिहानी समयमा नै सञ्चालन गर्दै आईरहेका छन ।

बर्दघाट नगरले कक्षा ११ र १२ का कक्षाहरु दिवा समयमा सञ्चालन नगर्ने विद्यालयहरुमा विद्यार्थीहरु भर्ना नगर्न र नगराउनका लागि विज्ञप्ती मार्फत नगरवासीहरुमा अनुरोध गरेको छ ।

अहिले सम्म नगरको निर्देशनलाई नमान्नेहरुमा दाउन्ने देवि मा. बि. बर्दघाट,दिब्यज्योती मा. बि. चिसापानी,कुमुदिनी ईङ्गलिस बोर्डिङ सेकेन्डरी स्कुल,बर्दघाट र न्यु लाइफ सेकेन्डरी स्कूल बर्दघाट रहेको नगरले जनाएको छ ।