Sarawal sit lahar Notis

पसलमा आगोलागि भएका ब्यवसायिलाई राहत रकम हस्तान्त्रण

189

कृष्ण ढकाल
बर्दघाट,असार–३०

आगोलागिबाट क्षती भएको साई कटेज रेष्टुरेण्ट एण्ड लजलाई बर्दघाट उद्योग वाणिज्य संघले राहत स्वरुप २५ हजार रुपैयाको चेक हस्तान्त्रण गरेको छ । रेष्टुरेण्ट एण्ड लजका सञ्चालक बालकृष्ण भण्डारीलाई संघको सभा हलमा एक कार्यक्रमका विच अध्यक्ष लेखनाथ न्यौपानेले चेक हस्तान्त्रण गर्नु भएको हो।

बर्दघाट वडा नं. २,चिसापनीमा सञ्चालनमा रहेको साई कटेज रेष्टुरेण्ट एण्ड लजमा रातीको समयमा बिजुली सटभएर आगलागी भएको थियो । आगलागिबाट ठूलो क्षती ब्यहोर्न बाध्य भएका बेला राहत स्वरुप बर्दघाट उद्योग वाणिज्य संघले दिएको रकम आफ्ना लागि एउटा सहयोग मात्र नभै आफु जस्ता ब्यवसायीहरुको अभिभावकत्व संघले लिएको भन्दै रेष्टुरेण्ट एण्ड लजका सञ्चालक बालकृष्ण भण्डारीले बर्दघाट उद्योग वाणीज्य संघको सम्पूर्ण टिमलाई धनयवाद प्रकट गर्नु भएको थियो ।

चेक हस्तान्त्रणका क्रममा बोल्दै अध्यक्ष लेखनाथ न्यौपानेले उद्योगी तथा ब्यवसायीहरुको अभिभावकका रुपमा रहेको उद्योग संघले आफ्ना सदस्यहरुको दुःखमा आर्थिक,नैतिक र भौतिक कुनै पनि सक्दो सहयोगलाई कन्जुसाई नगरी संघ लागि पर्ने गरेको बताउनु भएको थियो ।

त्यसैगरी संघका वरिष्ठ उपाध्यक्ष ताराप्रसाद गौतमले आगामि साउन १ गते देखि संघमा आबध्द्ध भएका सबै सदस्यहरुको ब्यवसायिक विमा समेत गरीने तयारी गरीएको बताउनु भएको थियो भने महासचिब गंगाप्रसाद पाठकले वस्तुगत समिति गठन गरेर सबैको अपनत्व हुनेगरी नयाँ तरीकाले बर्दघाट उद्योग वाणिज्य संघ अघिबढ्न लागेको बताउनु भएको थियो ।