Sarawal sit lahar Notis

युवाहरुलाई ब्यवसायिक रुपमा अघि बढाउनु पर्छ ः नगरप्रमुख श्रेष्ठ

204

कृष्ण ढकाल
बर्दघाट,असार–२१

बर्दघाट नगरका बेरोजगार युवाहरुलाई ब्यवसायिक रुपमा जोडेर अघि बढाउने खालका योजनाहरु लिएर नगरसंग सहकार्य गर्न बर्दघाट उद्योग वाणीज्य संघ र बजार विकस समितिहरुलाई नगर प्रमुख शम्भुलाल श्रेष्ठले आग्रह गर्नु भएको छ ।

दिगो तथा सम्मानित रोजगारीको लागि सिप परियोजनाको दोस्रो समिक्षा तथा योजना तर्जुमा कार्यक्रममा बोल्दै नगर प्रमुख श्रेष्ठले उक्त कुरा बताउनु भएको हो । नगर प्रमुख श्रेष्ठले सृनजशिल जनशक्ती उत्पादन गर्न तर्फ सबै केन्द्रीत हुनुआग्रह गर्दै तालीमका लागि तालीम गर्ने परिपाटीको अन्त्य गर्न जरुरी रहेको ताउनु भएको थियो। डिग्र पढेकाहरु भन्दा सिप सिक्नेहरुले बढी रोजगारी पाउने गरेका उहाँको भनाई रहेको थियो ।

त्यसैगरी नगर उप–प्रमुख रुद्रप्रकाश उपाध्यायले विधालयका विद्यार्थीहरुलाई कागजका थुङ्गा बनाएर पसलमा सामान दिन प्रयोग गर्ने, बाँसका डोको तथा थुम्सी बनाएर कार्यालय तथा सार्वजनिक स्थानमा डस्बिनका रुपमा प्रयोग गर्ने, टकपरी बनाएर पसलमा विक्रि गर्ने जस्ता सिपहरु सिकाउदै पढाउदै गर्ने र कमाउने वातावरण सानै देखि शुरु गर्न जरुरी रहेको औल्याउनु भएको थियो ।

बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठको अध्यक्षतामा भएको उक्त समिक्षा तथा योजना तर्जुमा कार्यक्रममा बर्दघाट नगरका शिक्षा,युवा तथा खेलकुद शाखा प्रमुख लोकराज पन्थी र करियर गाइडेन्स प्रोग्राम म्यानेजर अनिल पौडेलले सहजीकरण गर्नु भएको थियो ।

समिक्षा कार्यक्रममा शाखा प्रमुख पन्थीले यस बर्ष युवा लक्षीत सिपसंग जोडिएका १४ वटा कार्यक्रम मध्ये सतप्रतिशत सम्पन्न गरेको बताउनु भएको थियो । अहिले विधालयका विधार्थीहरुलाई सिपसंग जोडेर अघि बढ्नका लागि केहि विधालय छनौट गर्न खोजिएको जानकारी गराउनु भयो ।

बर्दघाट नगरपालिकाको आयोजना,इन्स्योरको आर्थिक सहयोग तथा हेल्वेटासको प्राविधिक सहयोगमा भएको उक्त कार्यक्रममा नगरका सामुदायिक विधालयका प्र.अ.बर्दघाट उद्योग वाणीज्य संघ,बजार समिति लगाएत विभिन्न सामाजिक संघ संस्था र सरोकारवालाहरुको सहभागिता रहेको थियो ।