Holi care school

सर्पदंसका बारेमा जनचेतना जागृत गर्न जरुरी ः डा. बज्राचार्य

293

कृष्ण ढकाल
बर्दघाट,असार–२१
सर्पदंसका बारेमा सर्बसाधरणहरुलाई जनचेतना जागृत गर्न जरुरी रहेको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल,टेकुका डा.मिलन बज्राचार्यले बताउनु भएको छ ।

नवलपरासीको बर्दघाट–२,चिसापानीमा रहेको चिसापानी अस्पतालको अनुगमनका लागि आउनुभएका डा.बज्राचार्यले स्थानिय सरकारका ब्यक्तिहरु सहित सरोकारवाला संघ–संस्था र अस्पतालमा कार्यरत कर्मचारीहरुसंग भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै डा.बज्राचार्यले उक्त कुरा बताउनु भएको हो ।

अहिले सम्मको अवस्थामा सर्पदंसकै कारण मर्नेहरुमा प्रायजसो मानिसहरु सर्पदंस पछि उपचारका लागि अस्पतालमा ढिला आएकै कारण मृत्युहुने गरेका कारण सर्पदंसका बारेमा सर्बसाधरणहरुलाई जनचेतना जागृत गर्न जरुरी रहेको उहाँको भनाई रहेको थियो ।

कुनैपनि सर्पले कोटेपछि मानिसहरु आत्तीने र डराउने देखि सर्पले टोकेको भाग देखि माथी कसिलोसंग बाँधने परिपाटी रहेको बताउदै त्यस्तो आत्तीन नपर्ने र सर्पले टोकेभन्दा माथीको भागमा बेस्सरी बाँधन नहुने बारेमा पनि जनचेतना जागृत गर्न सबैसंग आग्रह गर्नु भयो ।

त्यस्तै गरी सर्पदंसको उपचार गर्ने स्वास्थ्यकर्मी देखि डाक्टरहरुले पनि सर्पदंसका विरामीहरुको उपचार गर्दा अर्थात प्रतिविषको प्रयोग गर्दा बिषको असर नदेखिएसम्म वा विषालु सर्पले टोकेको यकिन नभएसम्म प्रतिबिषको प्रयोग गर्न नहुने बारेमा समेत सचेत गराउनु भएको थियो ।

चिसापानी अस्पतालका मेडीकल सुपरिटेनडेन्ट डा. मञ्जीला घिमिरेको अध्यक्षता र बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा इपिडिमियोलोजि तथा महामारी रोग नियन्त्रण महाशाखाका विहारी महतोले रेविज र त्यसको उपचार बिधीका बारेमा जानकारी गराउनु भएको थियो ।

अस्पतालका डा. प्रकाश ढकालको स्वागत मन्तब्य र जनस्वास्थ्य निरिक्षक रमेश न्यौपानेको सञ्चालन रहेको कार्यक्रममा बोल्दै नगर प्रमुख श्रेष्ठले नगरवासीहरुको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन नगरले अस्पतालका लागि कुनै कन्जुसाई नगर्ने बताउनु भएको थियो ।

अन्तरक्रिया कार्यक्रममा नगर उप–प्रमुख रुद्रप्रकाश उपाध्याय,सामाजिक विकास समितिका संयोजक भिमकाजी गुरुङ,बर्दघाट उद्योग वाणीज्य संघका अध्यक्ष लेखनाथ न्यौपाने लगाएत बिभिन्न सामाजिक संघ संस्थाका ब्यक्तीहरुको सहभागिता रहेको थियो ।

चिसापानी अस्पतालमा गत श्रावण १ गते देखि अहिले सम्म १ हजार १० जनाले रेविजको भ्याक्सीन लगाएको अस्पतालको तथ्यांक रहेको छ । जस्मा मासिक ५७ जना देखि १ सय ३३ जना सम्म सेवा लिन आएको अस्पतालको तथ्याङकले देखाएको छ ।
त्यस्तै
गतश्रावण देखि अहिले सम्मको अस्पतालको तथ्याक अनुसार चिसापानी अस्पतालमा ८४ जना सर्पदंसका विरामीहरुले उपचार सेवा लिएका छन । जस्मध्ये श्रावणमा ३४ जना,भदौमा १७ जना,असोजमा १२ जना,बैशाखमा ६ जना,जेष्ठमा १० जना र असार २१ सम्म ५ जना सर्पदंसका विरामीले उपचार लिएको आस्पतालको तथ्यांक रहेको छ ।

पछिल्लो समय बर्दघाट नगरक्षेत्रको कुनैपनि स्थानमा कुनैपनि प्रजातीका सर्पहरु देखा परेमा तत्काल सर्पको उद्यारगर्न सर्पउद्यारकर्ता दुर्गा लामिछाने पुग्ने गरेका छन । लामिछानेले सहज रुपमा सर्पलाई समातेर जंगलमा लगेर छोडिदिने गरेका छन । सर्प उद्यारकर्ता दुर्गा लामिछानेको अनुभवमा राजमार्ग निमार्णका क्रममा जमिनमा भाईव्रेसन हुदां र गर्मीका कारण विगतको तुलनामा यस वर्ष बढी र बिभिन्न प्रजातीका सर्पहरु जमिन बाहिर देखापर्ने गरेका छन ।