Sarawal sit lahar Notis

आज बर्दघाटमा भएको रक्तदान कार्यक्रममा २७ जनाले रक्तदान गरे

253

कृष्ण ढकाल
बर्दघाट,असार–१६
नेपाल रेडक्रश सोसाईटी बर्दघाट उपशाखाले आज आयोजना गरेको रक्तदान कार्यक्रममा २७ जनाले रक्तदान गरेका छन । ३ महिला र २४ पुरुषहरुले रक्तदान गरेको बर्दघाट उपशाखाका सभापति नारायण अधिकारीले बताउनु भएको छ ।

जिल्लामा रगतको अभाव भएपछि नेपाल रेडक्रश सोसाईटी जिल्ला शाखाको अनुरोध अनुसार बर्दघाट उपशाखाले रक्तदान कार्यक्रम आयोजना गरेको सभापति अधिकारीले बताउनु भएको छ ।

मानव जिवन रक्षार्थ रगत संकलन गर्नका लागि नेपाल रेडक्रश सोसाईटी बर्दघाट उपशाखाको कार्यलय परिसरमा आयोजना गरीएको उक्त रक्तदान कार्यक्रममा नेपाल रेडक्रश सोसाईटी जिल्ला शाखा नवलपरासी र शहिद स्मृति सामुदायिक अस्पतालको प्राविधिक सहयोग रहेको उपशाखका सचिव धनञ्जय पौडेलले बताउनु भएको छ ।

नेपाल रेडक्रश सोसाईटी बर्दघाट उपशाखाका संस्थापक सभापति पुन्यप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा भएको रक्तदान कार्यक्रममा शसस्त्र प्रहरी नेपाल सिमा सुरक्षा तालीम शिक्षालयका प्रहरी देखि ब्यापारी, ब्यवसायी ,युवा तथा समाज सेवीहरुले रक्तदान गरेका थिए ।