Holi asnjal makar GURU

लायन्स क्लब अफ नवलपरासी दाउन्नेको अवार्ड वितरण तथा पदहस्तान्त्रण कार्यक्रम सम्पन्न्

258

कृष्ण ढकाल
बर्दघाट,असार–१५
लायन्स क्लब अफ नवलपरासी दाउन्नेको अवार्ड वितरण तथा पदहस्तान्त्रण कार्यक्रम सम्पन्न् भएको छ । लायन्स क्लब अफ नवलपरासी दाउन्नेका बर्ष २०२३/०२४ का अध्यक्ष रमेश कुमार श्रेष्ठले बर्ष २०२४/०२५ का अध्यक्ष यज्ञप्रसाद पौडेललाई एक कार्यक्रमका विच पदहस्तान्त्रण गर्नु भएको थियो ।

लायन्स क्लब अफ नवलपरासी दाउन्नेका संस्थापक अध्यक्ष धिरज शर्मा बस्यालको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा युवराज डुम्रे, कमला शर्मा,तिलकराम खनाल, भिमप्रसाद सुवेदी(मनोज) लगाएतले आ–आफ्ना भनाईहरु राख्नु भएको थियो ।

अवार्ड वितरण तथा पदहस्तान्त्रण कार्यक्रममा बर्ष २०२३/०२४ का अध्यक्ष रमेश कुमार श्रेष्ठको टिमले गरेका कामहरुलाई दस्तावेजीकरण गरी प्रकाशन गरीएको दाउन्ने बुलेटीनको विमोचन समेत गरीएको थियो ।

सन २००९ मा स्थापना गरेर बर्दघाटमा शुरु भएको लायन्स क्लब अफ नवलपरासी दाउन्नेमा अहिले २८ जना टोटल सदस्य रहेका छन भने बर्ष २०२४/०२५ को नेतृत्व लिएर अध्यक्ष यज्ञप्रसाद पौडेलले संस्थाको १६ औं अध्यक्षका रुपमा ईतिहास कायम गर्न सफल हुनु भएको छ ।