Sarawal sit lahar Notis

२५ जना दृष्टि विहिन बालबालिकाको स्वास्थ्य परिक्षण

212

कृष्ण ढकाल
बर्दघाट,असार–१०
नेपाल औषधि व्यवसायी संघ नवलपरासीले २५ जना दृष्टि विहिन बालबालिकाहरुको स्वास्थ्य परिक्षण गरेको छ । संघको ५१ औं स्थापना दिवसको अवसरमा २५ जना दृष्टि विहिन बालबालिकाहरुको स्वास्थ्य परिक्षण गरिएको संघका महा(सचीव बाबुराम तिमिल्सिनाले जानकारी दिनु भयो ।
रामग्राम नगरपालिकामा रहेको आदर्श माध्यामिक विद्यालयमा अध्ययनरत २५ जनादृष्टि विहिन वालबालिकाहरुको स्वास्थ्य परिक्षण, औषधि उपचार, सरसफाइ जन्य सामाग्री र खाध्यान्नहरु सहयोग गरीएको महा(सचीव तिमिल्सिनाले बताउनु भयो ।
कार्यक्रममा लुम्बिनी प्रदेशका लुम्बिनि प्रदेशका उप(कोषाध्यक्ष तथा नवलपरासी इन्चार्ज थानेश्वर अर्यालले संघले दृष्टि विहिन वालवालिकालाई सहयोग गरि समाज कल्याणको काम गरेको बताउदै आगामी दिनमा पनि यस्तै समाज कल्याणको काम गर्ने अपेक्षा राखेको अर्यालले भन्नुभयो ।
कार्यक्रममा संघका निवर्तमान अध्यक्ष रामचन्द्र पौडेल, बिधालयका प्रध्यानाध्यापक दिपक भट्टराइ लगायतले बोल्नु भएको थियो ।
संघका नवलपरासी अध्यक्ष डाक्टर हेमन्तराज न्यौपानेको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन महा(सचीव बाबुराम तिमिल्सिनाले गर्नुभएको थियो । कार्यक्रममा बिधालयका विद्यार्थी, शिक्षक(शिक्षिका, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी लगायतको उपस्तिथिमा कार्यक्रम सम्पन्न भएको थियो ।