Holi care school

बिधार्थीलाई कविता लेख्न सिकाउदै बर्दघाट प्रज्ञा प्रतिष्ठान

238

कृष्ण ढकाल
बर्दघाट,असार–७
बर्दघाट प्रज्ञा प्रतिष्ठानले नगरमा सञ्चालन गरेको साहित्यिक, साङ्गीतिक तथा साँस्कृतिक घुम्तिी कार्यक्रमको सिकाईको उपलब्धीलाई आत्मसाथ गरी विद्यार्थीहरुलाई कविता लेख्न सिकाउन शुरु गरेको छ ।

प्रतिष्ठानले सञ्चालन गरेको साहित्यिक, साङ्गीतिक तथा साँस्कृतिक नबौ घुम्ती शिबिरबाट बिद्यार्थीहरुलाई रचनाहरु कोर्ने र गुनगुनाउने शैलिको विकास गर्न बिधार्थीहरुलाई साहित्यीक प्रशिक्षण शुरु गरीएको बर्दघाट प्रज्ञा प्रतिष्ठानका कुलपति डाक्टर घनश्याम न्यौपानेले बताउनु भएको छ ।
बर्दघाट ९ पञ्चनगरमा मा रहेको राजा महात्मा पुर्णभद्र माध्यमिक विद्यालयमा शुक्रवार भाषा साहित्य विभागका संयोजक हुमनाथ आर्चायको अध्यक्षता र सदस्य सचिव सरद पौडेलको सञ्चालनमा भएको नबौ घुम्ती कार्यक्रममा राजा माबि र ज्ञानज्योती माबिका शिक्षक तथा बिद्यार्धीहरुलाई कविता लेखनका आधारभुत कुराहरुका बारेमा प्रशिक्षीत गरीएको थियो ।

कुलपति डाक्टर घनश्याम न्यौपान परिश्रमीले विद्यार्थीलाई कविता लेखनको तरिका, कविताका प्रकार, कविताका तत्वहरु र कविताका कच्चा पदार्थका बिषयमा प्रशिक्षित गर्नु भएको थियो । डाक्टर न्यौपानेले कवितामा कला भनेको शरिर र भाव भनेको आत्मा भएको उल्लेख गर्दै कुनै पनि लेखेको कुरा कविता बन्नका लागि शब्द शब्दको चमत्कार पुर्ण कला हुनु पर्ने बताउनु भयो । ” कविता शब्दको कला हो । यसमा कबिले भन्न खोजेको कुरालाई कुन शब्दको चमत्कारबाट भन्नुहुन्छ भन्ने महत्त्वपूर्ण बिषय हुने न्यौपानेले जानकारी गराउनु भएको थियो ।

बर्दघाट प्रज्ञा प्रतिष्ठानको साहित्यिक, साङ्गीतिक तथा सास्कृतिक नबौ घुम्ती शिबिरका क्रममा विद्यार्थीलाई प्रशिक्षित गर्ने उद्देश्यले कविता लेखन कार्यक्रम राखिएको बताउदै प्रज्ञा मार्फत विद्यार्थीका प्रतिभा पहिचान र उनिहरुको क्षमता अभिबृदीमा काम गरीरहेको प्रज्ञाका भाषा, कला तथा साहित्य बिभाग संयोजक हुमनाथ आचार्यले बताउनु भयो ।