बर्दघाट,असार १
क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल बर्दघाट नगर समिति र नेपाल कम्युनिस्ट पार्टी (मशाल) बर्दघाट नगर समिति बीच बर्दघाट- २ चिसापानीमा एकता घोषणा कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि पार्टी केन्द्रीय कार्यालय सदस्य एवं ५ नम्बर इन्चार्ज कृष्ण राज पौडेलले पार्टी नीति लाई आत्मसात गर्दै जनतामा जान नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ।
कार्यक्रममा विशेष अतिथी पार्टी केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज क्षेत्र बहादुर थापाले पार्टी अनुशासन र बिधिलाई मानेर अगाडि बढनुपर्ने औल्याउनुभयो । कार्यक्रममा पार्टी केन्द्रीय सदस्य तथा जिल्ला संयोजक रवि पान्डेयले जिल्लाको जनसंघर्ष र बर्गसंघर्ष लाई उठान गर्ने तयारी स्वरुप पार्टी अगाडी बढेको उल्लेख गर्नु भयो ।
कार्यक्रम नगर संयोजक राम प्रसाद अर्गेजाको अध्यक्षता नगर इन्चार्ज ज्ञान बहादुर केसिको संचालन र गोप बहादुर पौडेलको स्वागतमा भएको थियो । कार्यक्रममा पार्टीका सह संयोजकद्व्य गणेश बहादुर ढकाल, भिम छ्न्याल, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य एवं जिल्ला संयोजक सन्देश सापकोटालगायतले मन्तव्य राख्नुभयो । कार्यक्रममा क्रान्तिकारी महिला सङ्गठन जिल्ला संयोजक मुक्तमाया महतो अखिल नेपाल रास्ट्रिय शिक्षक संगठनका जिल्ला संयोजक बोल्गा नेपाल , पार्टीका प्रदेश सदस्यहरु चुडामणि भन्डारी , रामचन्द्र पोखरेल, सुर्य सापकोटा लगायत अतिथी रहनुभएको थियो ।
एकता घोषणा कार्यक्रममा दिइएको जानकारी अनुसार एकता अधिबेशनले राम प्रसाद अर्गेजाको संयोजकत्वमा २५ सदस्यीय नगर सङ्गठन समिती निर्वाचित गरेको छ । जस अन्तर्गत गोप बहादुर पौडेल सहसंयोजक रहनुभएको सो पार्टीले जनाएको छ । साथै ८ सदस्यीय नगर कार्यालय समेत गठन गरेको सो पार्टीले जनाएको छ ।