Sarawal sit lahar Notis

बर्दघाट प्रज्ञा प्रतिष्ठानको टोली साहित्य तिर्थ गर्न कपिलधाम पुग्यो

45

कृष्ण ढकाल
कपिलवस्तु,जेष्ठ–२८
बर्दघाट प्रज्ञा प्रतिष्ठानको टोलीले साहित्य तिर्थका रुपले चिनिएको कपिलवस्तु जिल्लाको वाणगँगा नगरपालिका वडा नं. ९ मा रहेको कपिलधामको साहित्य अध्ययन अवलोकन भ्रमण गरेको छ ।

साहित्यका माध्यामबाट मुलुकका लागि योगदान गरेर दिवाङगत भएका साधकहरुको अर्धकदका प्रतिमा राखेर साहित्य तिर्थका रुपले परिचित हुदैगएको कपिलधामका बारेमा जानकारी लिन पश्चिम नवलपरासीबाट बर्दघाट प्रज्ञा प्रतिष्ठानको टोली कपिलवस्तु पुगेको थियो ।

लुम्बिनी वाङमय प्रतिष्ठानको संयोजनमा निर्माण गरीएको उक्त कपिलधाम २०७६ सालबाट शुरुगरी अहिले सम्म २४ वटा साधकहरुको अर्धकदका प्रतिमा राख्न सफल भएको लुम्बिनी वाङमय प्रतिष्ठानका अध्यक्ष ऋषि आजातले बताउनु भएको छ ।

नेपालको साहित्य पर्यटनको गन्तब्य बनाउने लक्ष्यका साथ ४ बिघा क्षेत्रफलमा कपिलधामको कार्यअघि बढाईएको अध्यक्ष आजातले बताउनु भयो ।

कपिलधामको अध्ययन अवलोकन कैक्रममा कपिल आरोग्य मन्दिर अर्थात धार्मिक वनक्षेत्रमा रहेका योग साधना केन्द्र देखि आयुर्वेदीक चिकिस्सालय तथा बैदिक साधना विद्यालयको समेत प्राज्ञिक टोलीले अवलोकन गर्नुका साथै प्राज्ञीक ब्यतित्व ऋषि केशर भारद्धाजसंग कपिलवस्तुको साहित्य र त्यसको प्रभावकारीताका वारेमा जानकारी लिएको थियो ।

भेटघाटकै क्रममा बाडगंगा प्रज्ञा प्रतिष्ठानका सदस्य ज्योतीस कृष्ण प्रसाद पाण्डे लगाएतको टोलीसंग पनि अनुभव आदान प्रदान गरेको थियो ।

बर्दघाट प्रज्ञा प्रतिष्ठानका परिषद ,सभासद सदस्यहरु र जनप्रतिनिधिहरु सहितको टोली ले कपिलधामको अध्ययन अवलोकन पश्चात कपिलवस्तुको जगदिसपुरमा रहेको जगदीसपुर तालको समेत अवलोकन गरेको थियो ।
तराईका वस्ती र त्यहाँको समुदायको अवस्था र ब्यवस्था संगै प्राकृतिक पर्यटनले स्थानियवासीहरुमा पारेको प्रभाव र उनीहरुको जिवनशैलीमा आएको परिर्वतनका वारेमा हेर्दै र बुझदै टोली गौतम बुद्धको गाउँ तौलिहवा गएर पुरातात्वीक तथा ऐतिहासिक क्षेत्रको समेत अध्ययन अवलोकन गरेको थियो ।
ऐतिहासिक राजदरवारको भग्नावसेर अवस्था र त्यसको महत्वका वारेमा चर्चापरिचर्चा गर्दै केहिवेरको छलफल पश्चात गन्तब्यतिर लागेको थियो ।