Sarawal sit lahar Notis

खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नवलपरासीद्धारा कर शिक्षा प्रदान

35

कृष्ण ढकाल
बर्दघाट,जेष्ठ–२०

खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपाल नवलपरासीको आयोजना र करदाता सेवा कार्यालय परासीको सहयोगमा करदाताहरुलाई करशिक्षा दिइएको छ ।

नवलपरासीका खानेपानी संस्थामा कार्यरत ब्यवस्थापक, लेखापाल,कोषाध्यक्ष तथा लेखा समितिका संयोजकहरुलाई लक्षीतगरी महासंघले आज बर्दघाटमा कर शिक्षा दिएको थियो ।

कार्यक्रममा करदाता सेवा कार्यालय परासीका प्रमुख राजेन्द्र शाहले भुक्तानीमा करकट्टीको तरीका,अग्रीम करकट्टी गर्नु पर्ने भुक्तानी र करका दर र टि.डि.एस. विवरण पेश गर्ने सम्वन्धि कानुनी ब्यवस्थाका वारेमा जानकारी गराउनु भएको थियो । भने करसेवा कार्यालय परासीका बसन्त पौडेलले कर नीति, करका दर र छुट सुबिधाका बारेमा जानकारी दिनुभएको थियो ।

खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपाल नवलपरासीका अध्यक्ष देविदत्त सापकोटाको अध्यक्षता र खानेपानी महासंघ लुम्बिनी प्रदेश अध्यक्ष थानप्रसाद गैरेको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा पश्चिम नवलपरासी जिल्लाभरीका खानेपानी संस्थाहरुका प्रतिनिधि सहित बर्दघाट प्रेस क्लबका अध्यक्ष कुस्माकर ढकाल,नेपाल पत्रकार महासंघ जिल्ला शाखाका कोषाध्यक्ष प्रकाश न्यौपाने लगाएतको सहभागिता रहेको थियो ।

 

सोही कार्यक्रममा बोल्दै खानेपानी महासंघ लुम्बिनी प्रदेश अध्यक्ष थानप्रसाद गैरेले सरकारले उपभोक्ता सस्थालाइ असहज गराएर होइन कि सहज गराएर अघि बढनु पर्नेमा जोड दिनु भएको थियो । खानेपानी सस्थाहरुले समयमा नै कर तिरेर अनावश्यक आर्थिक भारबाट जोगीएर पारदर्शी तवरले सस्था संचालक गर्नु पर्ने अध्यक्ष गैरको भनाई रहेको थियो ।

त्यस्तै करसेवा कार्यालय परासीका प्रमुख राजेन्द्र शाहले सरकारले उठाउनु पर्ने कर समयमा उठेसी करदाताले पनि समयमा नै कर तिरेर हर्जना र जरिवाना नपर्ने गरि मासिक बिवरण बुझाउन आग्रह गर्नुभएको थियो। त्यस्तै नेपाल पत्रकार महासङ्ग नवलपरासीका कोषाध्यक्ष प्रकाश न्यौपानेले करका निति र ऎन नजानेका कारण समयमा विवरण बुझाउन ढिलाइ भएको बताउदै कर कार्यालयले कर निति र प्रक्रियामा सहजीकरण गर्नु पर्ने बताउनु भएको थियो ।

खानेपानी महासङ्गका जिल्ला अध्यक्ष देबिदत्त सापकोटाले परिमार्जीत भइरहने कर नितिका बारेमा खानेपानी सस्थाहरुलाई जानकारी दिने प्रमुख उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनु भयो । खानेपानी सस्थालाई कुन कुनमा कर लाग्छ कुन कुनमा लाग्दैन, करका सम्बन्धमा नयाँ र पुरानो खानेपानीहरु बीच अनुभव साटासाट गर्नेका लागी कर कट्टीका सम्बन्धि तालिमको आयोजना गरिएको सापकोटाले उल्लेख गर्नु भयो । करदातालाई कर शिक्षाको कार्यक्रम निरन्तरता दिदै अगाडि बढ्ने सापकोटाले प्रतिवद्धता समेत जाहेर गर्नु भएको थियो ।

जुन कुमारी कण्डेलको स्वागत रहेको कार्यक्रमको सञ्चालन सचिब मुक्ती बहादुर भण्डारीको गर्नु भएको थियो ।