Sarawal sit lahar Notis

अटिजम सम्वन्धि जनचेतनामुलक कार्यक्रम सम्पन्न्

56

कृष्ण ढकाल
बर्दघाट,जेष्ठ–१८
लायन्स क्लब अफ नवलपरासीले आज बर्दघाटमा अटिजम सम्वन्धि जनचेतनामुलक कार्यक्रम सम्पन्न् गरेको छ ।

३२५ पि. का डिष्ट्रिक गभर्नर लायन अर्जुनमान सैजुको प्रमुख आतिथ्यता र लायन्स क्लब अफ नवलपरासीकी अध्यक्ष कल्पना पौडेलको अध्यक्षतामा भएको अटिजम सम्वन्धि जनचेतना
मुलक कार्यक्रममा डा. शान्ता शर्माले सहजीकरण गर्नु भएको थियो ।

लायन्स कल्बका जि.एल.सि. कोओडिनेटर अनिलप्रसाद श्रेष्ठ,एरिया चिफ विनोद सुवेदी,रिजन चिएरप्रसन कमला शर्मा, जोन चियरप्रसन तिलकराम खनाल,बर्दघाट उद्योग वाण्ीज्य संघका वरिष्ठ उपाध्यक्ष ताराप्रसाद गौतम,लायन्स क्लब अफ दाउन्नेका अध्यक्ष रमेश कुमार श्रेष्ठ,बर्दघाट प्रसे क्लबका अध्यक्ष कृष्ण ढकाल लगाएतको उपस्थिती रहेको कार्यक्रममा बर्दघाटका स्थानिय महिलाहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।

कार्यक्रम पश्चात सामुहिक तस्विर लिदै

समर्पण बालगृह रुपन्देहीसंगको सहकार्यमा भएको उक्त अटिजम सम्बन्धि जानकारी दिने कार्यक्रममा अटिजम के हो ? अटिजम कस्तो ब्यक्तिलाई हुन्छ ? यसले कस्तो असर गर्दछ ? यसवाट बच्न केगर्ने ?
अटिजम भएको कसरी थाहा पाउने ? भएको भए के गर्ने ? जस्ता बिषयमा सहभागिहरुलाई जानकारी गराईएको थियो ।

मस्तिष्क र स्नायुकोषको स्वाभाविक विकासक्रममा हुने असमान अवस्थाको रूप नै अटिजम भएको भन्दै डा. शर्माले यस्तो भएमा बेलैमा नै सचेत हुन आग्रह गर्नु भएको थियो । व्यक्तिको मस्तिष्कमा स्नायुकोषको सञ्जालले राम्रोसँग काम नगर्दा सूचना प्रशोधनमा बाधा उत्पन्न हुन गई सामाजिक क्रियाकलाप, सञ्चारसिप र कल्पनाशक्तिको विकासमा असर पुग्नुलाई नै अटिजम भन्ने गरीएको डा. शान्ता शर्माले सहभागिहरुलाई जानकारी गराउनु भएको थियो ।

अटिजम भएका बच्चाहरुले सञ्चारमा विचलनहुने देखि सामाजिक रूपमा घुलमिल हुन नसक्ने, पुनरावृत्ति, एकोहोरोपन, इन्द्रियहरूको उतारचढावको फलस्वरूप वातावरण, व्यक्ति र वस्तुप्रति भिन्दै प्रतिक्रिया र व्यवहार देखाउने क्रियाकलापलाई नै अटिजम भएको भनेर बुझनु पर्ने डा.शर्माले बताउनु भएको थियो ।