नवलपरासी,जेष्ठ–४
अखिल (क्रान्तिकारी) नवलपरासीले संगठनका केन्द्रीय संयोजक मिलन राईलाई ससम्मान रिहाइको माग गर्दै बिहिवार गृहमन्त्री रवि लामिछानेको पुत्ला दहन गरेकाे छ ।
क्रान्तिकारीले बर्दघाट – ४ शान्तिनगर चोकमा गृहमन्त्री लामिछानेको राजिनामा माग गर्दै पुत्ला जलाएको हो । बिद्यार्थी एकता दिवसको पुर्व सन्ध्यामा कार्यक्रम बिथोल्ने मानसिकताले राई लाई गिरफ्तार गरेर अभद्र ब्यवहारको मुद्दा चलाउनु हास्यास्पद रहेको संगठनले बताउदै आएको छ ।
कार्यक्रममा बिद्यार्थी नेता राई को रिहाइ , लघुबित्त तथा सहकारी पीडितलाई न्याय दिनुपर्ने , शिक्षाक्षेत्रमा निजीकरणको अन्त्य गर्नुपर्ने लगायत नाराबाजी गर्दै राजमार्गमा टायर समेत बालेर प्रदर्शन गरिएको थियो ।
प्रदर्शनको क्रममा बर्दघाट ईलाका प्रहरी कार्यालयबाट खटिएको टोलिले पुत्ला तथा टायरमा पानी हालेपछि त्यसको प्रतिबाद गर्दै विद्यार्थीहरुले प्रहरी प्रशासनको विरुद्ध चर्को नाराबाजी गरेका थिए । बिरोध कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल निकट अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य एवं जिल्ला संयोजक सन्देश सापकोटाले सत्ता र ब्यवस्थाको विरुद्ध विद्यार्थीहरुले आन्दोलन गर्नुपर्ने बताउदै संगठनका केन्द्रीय संयोजक मिलन राई लाई तत्काल रिहाई नगरे सम्म अझ कडा कार्यक्रम ल्याउने चेतावनी दिनुभएकाे िथयाे।
बिरोध कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपालका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज क्षेत्र बहादुर थापा क्षेत्री लगाएकाे सहभािगता रहेकाे िथयाे ।