sunwal

नवलपरासीको प्रतापपुरमा चक्रपथ सडक बन्ने

71

श्याम थापा

सुस्ता १३ बैशाख

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा चक्रपथ सडक बन्ने भएको छ ।

करिब ५ करोडको लगानीमा प्रतापपुर गाउँपालिकामा बन्न लागेको चक्रपथ सडकको आज बुधबारको दिन प्रतापपुर गाउँपालिका अध्यक्ष उमेश चन्द्र यादवले पुजा आर्चना गरि निर्माण कम्पनीलाई सडक निर्माण कार्यको सुरुवात गराएका छन् ।

पालिका अध्यक्ष यादवले सडक निर्माण कार्यको शुभारम्भ गर्दै आफूहरुले चुनावको बेला आफ्ना मतदाता संग गरेका बाचालाई जनप्रतिनिधि भएर आएपछि सधै आत्मसाथ गरेर बिकासको काममा आफू र आफ्नो टिम लागेको र आफ्नो कार्यकालमा प्रतापपुरबासीको अनुहारमा उज्यालो छाउने गरि काम गर्ने र अहिले गर्दै आईरहेको उनले बताए ।

पालिका अध्यक्ष यादवको अनुसार हामी सबैको सार्थक प्रयास,समग्र रूपमा प्रतापपुरको बिकास भन्ने मुल नाराको साथ पालिका अगाडि बढेको र सोही अनुसार आफ्नो जनप्रतिनिधि टिम र कर्मचारीहरुले स्वास्थ्य,शिक्षा,कृषि तथा भौतिक संरचना लगायत समग्र रूपमा चौतर्फी बिकास हुदै आइरहेको र सोही अनरुप प्रतापपुरबासीलाई आवतजावतमा सहज हुने र एक वडाका ब्यक्तिहरुलाई अर्को वडाका ब्यक्तिहरुसंग सम्बन्ध कायम हुने गरि पालिकाले चक्रपथ सडक निर्माणको कामलाई अगाडि बढाएको बताएका छन् ।

प्रतापपुर गाउँपालिका वार्ड न ९ को पजरकट्टी देखी वडा न ८ को डिबनी सम्म,प्रतापपुर गाउँपालिका वार्ड न ६ को गुठिप्रसौनी देखि वडा न ५ बैदौली सम्म,वडा न ७ को ठकुरापुर देखि जगरनाथपुर सम्म र वडा न ३ को अमहवा देखि पडरहनी सम्म गरि चार खण्डमा बन्ने चक्रपथ सडकको मिति २०८१ बैशाख १२ गते सम्झौता गरि बि:स २०८२ जेष्ठ १५ गते सम्म सडक निर्माण काम सम्पन्न गर्ने गरि निर्माण कार्यको जिम्मेवारी दर्शन मालिका बिल्डर्स प्रा.लि., तिल्लोतमा-१, रुपन्देहीले पाएको प्रतापपुर गाउँपालिका का प्राबिधिक शाखा प्रमुख इन्जिनियर आनन्द कुमार यादवले जानकारी गराएका छन् ।