sunwal

अत्रहटी शिवमन्दिरकाे स्वर्णजन्यती महोत्सव फागुन २४ देखी

115

गौरीशंकर जयसवाल
परासी १७ फागुन
पश्चिम नवलपरासीको सरावलमा रहेको शिव मन्दिरको स्वर्ण जयन्ती महोत्सव मनाउने भएको छ । सरावल गाउँपालिकाको वडा नं २ अत्रहाटीमा अवस्थित रहेको ढेड सय बर्ष पुरानो शिव मन्दिर  स्वर्ण जयन्ती महोत्सव बिबिध कार्यक्रम गरी मनाउने लागिएको हो ।
आज शिव मन्दिर परिसरमा महाशिवरात्री स्वर्ण महोत्सव तथा महाशिवरात्री मेला व्यवस्थापन समितीले पत्रकार सम्मेलन आयोजना गरी महाशिरात्रीको उपलक्ष्यमा यही फागुन २४ देखी २७ गतेसम्म बिभिन्न साँस्कृती तथा खेलकुद गरी  स्वर्ण जन्यती मनाउने लागिएको मेला व्यवस्थापन समितीका अध्यक्ष देवनन्द चौधरीले जानकारी दिए । महाशिवरात्रीको दिन यस क्षेत्रको ठूलो मेला लाग्ने गरेको भन्दै यस मन्दिर थप संरक्षण प्रबर्दन गर्न र यस मन्दिर मन्दिर आगडी रहेको ऐतिहासिक पोखरी प्रचारप्रसारको निम्ती अगाडी बढाउने तथा यही उदेश्यले चार दिन मेला लागाउने लागिएको बताए ।सरावल गाउँपालिकाका अध्यक्ष सुखाडीप्रसाद चौधरीले मन्दिर संरक्षण र पोखरीको सौन्र्दयकारणको लागि र मेला आयोजनाको लागि ३ लाख पालिकाले बजेट बिनियोजन गरेको बताए ।

यस मन्दिर भित्र रहेको धोनी चलिरहेको धोनी अझै व्यवस्थापन गर्न वडान ९ लाख बजेट बिनियोजन गरेको र यसमा अपुग रकम पालिकाले दिने अध्यक्ष चौधरीले बताए ।उनले पालिकाले भौतीक पूर्वाधार निमार्ण सगै सरावलको भौगोलि सम्पदा भाषा कला सांस्कृतिक जार्गेना उदेश्यस्वर्ण महोत्सव तथा महाशिवरात्री मेला व्यवस्थापन समिती ले बिभिन्न मेला महोत्सव लगाउदै आएको जानकारी दिए ।
सरावलका वडान २ वडाअध्यक्ष शम्भुप्रसाद चौधरीले शिव मन्दिर १९३७ निमार्ण गरिएको र महाशिवरात्री दिनमा मन्दिरमा २०१९ साल देखी मेलाको आयोजना गरिदै आएको यस नवलपरासी जिल्लाको महाशिवरात्री ठूलो मेला लाग्दै आएको बताए । वडानले मेला आयोजना तथा स्वर्ण जन्यती महोत्सव गर्न लागि एक लाख पचास हजार बिनियोजन गरिएको जानकारी दिए । मेलाको मुख्या आकर्षण रुपमा भलिबल र कबडी प्रतियोगिता स्थानिय कला साँस्कृति थारु झम्टा नाचा रहने सरावलका समाजसेवी प्रकाश भट्ठराईले बताए ।
भलिबल प्रतियोतिामा प्रथम हुने ३० हजार द्धितीय २० हजार तीतृय हुने १५ हजार र सनत्वाना हुने ५हजार तथा कवडी प्रतियोगितामा प्रथम हुने क्रमश २५ हजार १५ हजार १० हजार र सनत्वाना ५ हजार पुरस्कार तथा मेडेल प्रमाणपत्र बितरण गरिने भट्ठराईले जानकारी दिए । मन्दिरमा बिभिन्न समयमा योगदान पुयाएको व्यक्तिहरुलाई सम्ममान गर्ने कार्यक्रममा रहेको स्वर्ण महोत्सव तथा महाशिवरात्री मेला व्यवस्थापन समितीका सचिब दामोदर देवकोटाले जानकारी दिए । मन्दिर र ऐतिहासिक पोखरी ईतिहास बताउदै राधेश्याम चौधरीले एक साल यस क्षेत्रमा सुख्खा परेको थियो सलको बिउहरु ल्याई भकारीमा ल्याएर राखेका थिए गाउँले त्यसलाई उम्मलेर खाने गरेको अवस्था थियो ।

त्यही अवस्था हेरी अत्रहाटी गाउँका जिम्मेदार चन्द्रशेष राय थिए । सुख्खा परेको बेला अफनो गाउँका आछमीहरुले भोकबाट मार्न नदिने उदेश्यले उक्त आछामीहरुलाई यहाँ आई पोखरी खान ज्याला दिन्छु भन्दै यहाँ ठूलो पोखरी निमार्ण गरिएको त्यही शिव मन्दिर निमार्ण गरिएको जानकारी दिए । महशिवरात्रीमा शिव कथा बचन र मुन्डक हुने गरेको र महाशिवरात्रीमा ठूलो मेला लाग्ने गरेको छ ।