आदरणीय नगरप्रमुख,उपप्रमुख लगाएत सबै नगरसभाका सदस्य र उपविजेता लगाएत उम्मेदवार ज्युहरु पुर्व नगरप्रमुख एवम जनप्रतिनिधि जयुहरु ,प्रमुख प्रशासकिय ज्यु,शिक्षा शाखा प्रमुख ज्यु ,प्रधानाध्यापक ज्यु सबै सामुदायिक तथा सस्थागत बिधालय ,शिक्षक महासघं बर्दघाट,सबै शिक्षक सघं सङ्गठन, सबै नगरभित्रका शिक्षक -कमर्चारि अभिभावक ,बिधालय व्यवस्थापन समिति ,शिक्षक अभिभावक सङ्घ ,बिधार्थि सङ्घ सङ्गठन र समाजसेवि ,बुद्धिजीवी राजनितीज्ञ , कार्यकर्ता , आम अभिभावक ,भुँइ मान्छे र अबोध बालबालिका , देश बिदेशमा रहनुहुने समग्र बर्दघाटबासि ज्युहरुमा सम्बोधन यथोचित गर्दै शिक्षक र शिक्षा प्रतिको चासोले आज २:०० बजे देखि मनमा कुरा खेल्यो निद्रा लागेन र यो खुल्ला पत्र खुलेर लेख्ने प्रयास गरेकु छु । गालि र तालि यहाँहरुलाई जिम्मा दिन चाहन्छु।
मिति २०८०/११/०६
समय बिहान ३:०० बजे
आम भुँइ मान्छे र भगवानरुपि अभिभावक ले सस्थागत बिधालय र सामुदायिक बिधालय जहाँ पढाएपनि नमन गर्न चाहान्छु । म शिक्षक हुँ अहिले सम्म पार्टीको कुनै पनि भागबण्डा मा नपरेको ,सदस्यता नलिएको तर शुभेच्छा पारिबारिक पृष्ठभुमि नेपाली काङ्ग्रेस भएको स्वभाव क्रान्तिकारी जस्तो । म निजि बिधालयको सञ्चालक पनि थिए र निजि बिधालय ,क्याम्पस र सामुदायिक बिधालयमा पढाएइ सके कति गरेँ साक्षी यहाँहरु हुनुहुन्छ ।
मेरो छोरा डेभिस मा कक्षा छमा पढ्छ,छोरी कक्षा १० दिव्यज्योति मा बि बाट पास गरि ११ पढ्न पोखरामा छन् । सामुदायिक बिधालयको शिक्षक र निजि बिधालयको लगानि दुइवटा डुङ्गामा खुट्टा हाल्नु बराबर रहेछ छोड्यो कि चिप्लियो । अहिले सम्म यसरी नै यात्रा गरिरहेछु । चुहिने छाना छाडेर ,खाइ नखाइ गरि सरकारि लगानिका नि :शुल्क जस्तै बिधालय छोडि ऋण धन गरि म प्रिन्सिपल हुँदाका ताका शिक्षण शुल्क बुझाउन आउने माउन्ट एभरेस्ट का अभिभावकका अनुहार आखामा झल्किन्छन् अहिले पनि ।उ बेला पनि आखिर पाठ्यक्रम एउटै ,समय उही ,समाज उहि किन यहाँ पढाउन ल्याउनु भए होला जस्तो लाग्थ्यो भित्र भित्र । दुबै बिधालयको कार्यक्षेत्र पनि उही थियो दुविधा हुन्थयो कहिलेकाही यस्तै गर्दा गर्दै २०६६ शालदेखि २०७२/०७३ सम्म पुगियो र एउटा डुङ्गा छोड्नुपर्छ भन्ने लाग्यो र अर्को डुङ्गाबाट विस्तारै खुट्टा निकाल्न पर्ने बातावरण बन्यो ।
दिनहु जसो निजि बिधालय र सामुदायिक बिधालय का फरक केलाउछु केही कुरा त सामुदायिक का राम्रो छन जस्तो लाग्छ बालमैत्रि ,शिक्षकमैत्रि , शिक्षकको योग्यता समाजको दृष्टिकोण,निशुल्क नास्ता ,पाठ्यपुस्तक ,पुस्तकालय,सरकारि ,ICT प्रयोगशाला भवन ,खेलमैदान ,नगरको लगानि ,जनप्रतिनिधिका भाषण, शिक्षाका कर्मचारिको हैकम ,शिक्षकका लागि असारे बजेट जस्तै बर्षेनि तालिम तर निजिका शिक्षकको खटन , अभिभावकको चासो लगानिकर्ताको लगाव मात्र हो ।
व्यवस्थापन ,प्रशासन १/२ जनाले हेर्छन शिक्षण शुल्क बाहेक सबै आफै गर्नुपछ तर पनि नतिजा आकास पातालको फरक हुन्छ । म जस्तै थुप्रै शिक्षक ,कर्मचारि ,जनप्रतिनिधि हुनुहुन्छ नुन सरकारि लगानि निजि या छोराछोरि निजि बिधालयमा पढाउने र चुड्कि सामुदायिक सुधारको या मौन । आखिर यो वेथिति नै हो शिक्षा र स्वास्थ सविधानत: हुनुपर्छ । राज्य भन्दा पनि स्थानीय तहको कुरा गरौ त्यो पनि बर्दघाटको माथि सम्बोधन गरिएका सबै बर्गले सामुदायिक शिक्षा सुधारको कुरा सबै गर्नुहुन्छ यहाँ संविधान सभा सदस्य ज्यु,प्रदेस सभा सदस्य ,पुर्व नगरप्रमुख ,वर्तमान वडा अध्यक्ष समाजसेवि राजनितीज्ञ सहित म लगाएत शिक्षक नेताहरुको पनि प्रत्यक्ष अप्रत्यक्ष लगानि छ जुन कुरा यहि समाजलाई थाहा छ।
थुप्रै राजनितीक परिवर्तन भए अब त केही होला कि भन्दा भन्दै ४६ शाल ५२ देखि ६२/६३ सम्म ,दुई दुई वटा सविधानसभा सभा र ७२ शालको भुकम्प, संविधान निर्माण नाकाबन्दी ७४ शाल ७९ शाल हुदै अब त मिसन ८४ गुन्जिन थाल्यो चुनावको तयारि गर्दै होलान् । स्थानीय सइ्घ सस्था मा हुने निर्वाचन पार्टीका भन्दा कमका छैन्न शिक्षकलाई जति राजनीति कसैलाई लाग्दैन , ४० बर्ष मुनिका युवा पातलिदै गए कन्सल्टेन्सि बड्दै छन् । अघिल्ला जनप्रतिनिधि ले शिक्षामा राणा चन्द्रशमसेरको राग छोडेर जानुभयो अहिले अलि गर्न खोजे जस्तो दबाब , ऐन र अख्तियार को डर ले कार्यन्वयनमा समस्या छ । उही नेता, उही सोच नयाँ सोच र नयाँपन देखिदैन कुनै पार्टीमा अब का नगरप्रमुख का गतिला उम्मेदवार पनि ४५- ५० बर्ष सम्म केही नगरेकाले अब केही गर्दैनन् नयाँ भेट्न गार्हो छ।
सामुदायिक शिक्षाको कुरा गर्दा गर्दै राजनिति तिर मोडिएछ लेख निरासा बढ्दो छ आशाका किरण छर्नु छ । एउटा निजि बिधालय प्रिन्सिपल ले हाँक्न सक्छ भने प्र अ ले किन सक्दैन । कि शिक्षक टेड्दैन्न काम गराउन सक्दिन यो नीति बनाइदेउ भन्नू पर्यो या अनुभव योजनाको अभाब वा पार्टी ले भर्ती गरेको हो भन्नू पर्यो या राजिनामा दिएर निकास दिनुपर्यो ।सरस्वती पुजामा विना तयारि ९ जना आए दिव्यज्योतिमा ३ महिना पछि कहाँ पुग्छन थाहा छैन यस्तै होला अन्यत्र पनि ,पुर्व प्राथमिक प्राथमिक को हालत उदेक लाग्दो छ अन्यत्र कस्तो छ यो पीडा सबैको हुनुपर्छ ।
नेपाली र अङ्ग्रेजी माध्यम मा अलझिएका छौ । गुणस्तर दिनप्रतिदिन खस्किएको छ २/४ जनालाई हेरेर नतिजा विश्लेषण गरिएको छ शिक्षा शाखामा पनि राजनीति गन्ध निश्चित खाका छैन ,कानुनका पाना पल्टाएर तर्साउन खोज्ने जनप्रतिनिधि मा देखिएको दम्भ प्रधान्ध्यापक को असमक्षता र शिक्षकको अटेरिपन मुख्य कारक हुन ।
शिक्षकले चाहे गर्न सक्छन् तर शिक्षक पनि निजामती कर्मचारी जस्ता भए जागिर खाने हाजिर गरेको पो तलब हो काम गरेको के छ त? भन्लान भन्ने पिर जब सम्म शिक्षकले बिधात्थिमा आफ्नो छोराछोरी को अनुहार देख्दैन परीक्षा दिएर त पास हुन्छ कक्षामा रमाउन सक्दैन किनकि पेशा र रुचि मिलेन शिक्षण एक जटिल र पबित्र पेशा हो उ कला र बिज्ञान को ज्ञाता हुनुपर्छ । योग्य प्रधान्ध्यापक बिना बिधालय सुध्रिदैन्न केही बिधालयले थोरै परिवर्तन ल्याउन खोजेका छन् त्यो पनि प्रधानाध्यापक को क्षमता र teamwork ले गर्दा नै हो शिक्षक कमजोर छैन्न तर बाताबरण छैन । इटहरि नगरपालिकाले एउटै पालिकामा उहि पुस्तक ,क्यालेन्डर ,परीक्षा,प्रश्न ,पोशाकको निर्णय गर्यो हाम के सक्छौ? किन सक्दैनौं बहस चलाउनु जरुरी छ ।
नगर शिक्षा ऐन पनि भालुको कम्पड छ , स साना कुरा पनि अख्तियार को जिम्मा कस्ले गर्छ सुचना चुहावट ।बिधार्थि आफैमा कमजोर हुदैनन् र सबै अब्बल पनि ।सर्वसाधारण अभिभावक र भुँइमान्छे ले जिम्मा लगाएका ती अबोध बालबालिका सुधार्ने जिम्मा सबैको हो । किताबि ज्ञान र घोक्नते शिक्षा प्रतिको सोच परिवर्तन हुनु जरुरी छ । सस्कार सहितको प्राबिधिक र गरिखाने शिक्षा गुणस्तरीय हो । शिक्षा बिना समाज विकास सम्भब छैन।
जयहोस्
शिवप्रसाद पौडेल
शिक्षक दिव्यज्योति मा वि