कृष्ण ढकाल
बर्दघाट, फागुन–२
राज्यले लखन थापालाई नेपालको प्रथम शहिद भन्न हिच्किचाएको भन्दै बर्दघाट नगरका मगरहरुले गुनासो गरेका छन । नेपाल मगर संघ बर्दघाट नगर कमिटिले आयोजना गरेको लखन थापा मगर दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा बोल्ने मगरहरुले उक्त गुनासो गरेका हुन
राज्यका लागि आफ्नो ज्यानको आहुती दिएका लखन थापालाई राज्यले विर्सन नहुने उनीहरुको भनाई रहेको थियो । त्यसैगरी गैरमगरहरुसंग प्रतिष्प्रद्र्या गर्न सक्नेगरी आफ्नो शिक्षा र सिपलाई वृद्धि गर्ने तर्फ सबै मगरहरु लाग्नु पर्ने उनीहरुको भनाई रहेको थियो । मगर भाषा र लिपिको संरक्षण गर्नु अहिले थप चुनौतीको बिषयबन्दै गएकोले अब मगर भाषाका कक्षा सञ्चालन गर्नु पर्ने सुझाब समेत राखेका थिए ।
नेपाल मगर संघ बर्दघाट नगर कमिटिका अध्यक्ष टेकबहादुर बुढाथोकीको अध्यक्षता र बर्दघाट नगरपालिकाका प्रवक्ता तथा वडा नं. १४ का वडाध्यक्ष सन्तबहादुर गाहाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल मगर संघका सल्लाहकार लुम बहादुर खाम्चा,दया दर्लामी,यमबहादुर थापा,हेमन्त न्यौपाने,ताराप्रसाद गौतम,कुस्माकर ढकाल लगाएतले बोल्नु भएको थियो ।
आज आयोजित रक्तदान कार्यक्रममा १६ जनाले रक्क्तदान गर्नु भएको नगर अध्यक्ष टेकबहादुर बुढाथोकीले जानकारी दिनु भएको छ।