कृष्ण ढकाल
बर्दघाट ,माघ १८
लायन्स क्लब क्लब अफ नवलपरासी बर्दघाटकाे आयाेजना र साईन ब्युटि स्टुडियाेकाे सहकार्यमा सञ्चालन गरिएकाे निःशुल्क १० दिने ब्युटिसीयन तालिमकाे आज एक कार्यक्रमका विच समापन गरीएकाे छ ।
माघ ६ गते देखि शुरुभएकाे तालिम बर्दघाट उधाेग बाणिज्य संघकाे सभाहलमा सञ्चालन गरिएकाे थियाे । तालिममा २० जनाकाे सहभािगता रहेकाे थियाे ।
लायन्स क्लब क्लब अफ नवलपरासी बर्दघाटका अध्यक्ष कल्पना पाैडेलकाे अध्यक्षता र लायन्स क्लब अफ नवलपरासी दाउन्नेका पुर्व अध्यक्ष एवं डिष्ट्रिक 325 P Nepal, का एम्बास्डर अफ गभर्नर (AOG) लायन युवराज डुम्रेकाे प्रमुख आतिथ्तामा उक्त तालिम समापन गरिएकाे हाे ।
अन्जु न्याैपाने स्वागत मन्तब्यवाट शुरूभएकाे तालिम समापन कार्यक्रममा बाेल्ने बक्ताहरुले तालिममा सिकेकाे सिपलाई आफ्नाे दैनिक जिवनलाई सहज बनाउने गरि ब्यबसायिक बन्न आग्रह गरेका थिए ।
सीप भनेकाे कसैलाई बाढ्न नपर्ने सम्पति भयकाे उल्लेख गर्दै तन मनले लागेर अघिबढ्नका लागि सबैलाई आग्रह गरेका थिए ।
कार्यक्रममा बर्दघाट उधाेग बाणिज्य संघका कार्यबहाक अध्यक्ष तारा गाैतम,लायन्स क्लब क्लब अफ नवलपरासी बर्दघाटकि पूर्व अध्यक्ष शिवकुमार भट्टराई ,प्रशिक्षार्थी रस्मिता तिवारी ,प्रशिक्षक सपना अर्याल लगायतले आ आफ्नो भनाई राख्नु भएकाे थियाे ।