sunwal

राष्ट्रिय भुमि अधिकार मञ्च नेपाल बर्दघाट नगर समितिले ज्ञापनपत्र बुझायो

61

बर्दघाट,माघ १२
राष्ट्रिय भुमि अधिकार मञ्च नेपाल बर्दघाट नगर समितिले भु–उपयोग निति अनुसार बर्गिकरण गरी जग्गा उपलब्ध गराउन माग गरेको छ ।
शुक्रबार मञ्चले बर्दघाट नगरपालिकामा ज्ञापनपत्र बुझाउँदै भुमिहिनलाई जग्गा उपलब्ध गराउनु पुर्व बर्दघाट नगरपालिका र राष्ट्रिय भुमि आयोगले भु–उपयोग निति, ऐन, कार्यविधि र नियमावली अनुसार जग्गाको वर्गिकरण गर्न माग गरेको हो ।
मञ्चकी अध्यक्ष उमाकली पाण्डे सहितको टोलीले ज्ञापनपत्र बुझाउँदै सहरी गरिब र गाउँले गरिबको मापदण्ड तयार गरिनुपर्ने माग राखेको छ ।

८ बुँदे मागमा मापदण्ड अनुसार जग्गा भोग गरेको आधारमा नापी गरिनुपर्ने, सुरक्षित बासको अवधारणा अनुसार जग्गा उपलब्ध गराउँदा समग्र भौतिक पुर्वाधार विकास गर्नुपर्ने माग राखिएको छ ।
त्यस्तै जग्गा उपलब्ध गराउँदा विपद व्यवस्थापन निति अनुसार सुरक्षित जमिन उपलब्ध गराउनुपर्ने, अव्यस्थित बसोबासीको हकमा निजको सम्पतिको न्यायिक विश्लेषण गरी राजश्व वैज्ञानिक र न्यायोचित बनाइनुपर्ने माग राखिएको छ ।
त्यस्तै भुमिहिन दलित र भुमिहिन सुकुम्बासीलाई उपलब्ध गराउने जग्गाको किटान गरिनुपर्ने जग्गा उपलब्ध गराउँदा संयुक्त लाल पुर्जाको व्यवस्था गरिनुपर्ने ज्ञापन पत्रमा उल्लेख रहेको छ ।

ज्ञापन पत्र बुझ्दै बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठले मापदण्ड र कार्यविधिको आधारमा काम गरिने बताउनुभएको थियो । उहाँले क्रमश सबै लाभग्राहीहरुको समस्या समाधान गर्दै अगाडी बढिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।