कृष्ण ढकाल
बर्दघाट,माघ ११
बर्दघाट ४ मा स्टडी वल्ड एजुकेसन कन्सलटेन्सी आज९बिहिवार० देखि संचालनमा आएको छ । कक्षा १२ पास गरेका विद्यार्थीहरुलाई लक्षीत गरि उच्च शिक्षाका लागि बिदेशमा जान चाहाने विद्यार्थीलाई सहि सूचना र कानुनी परामर्श दिन शाखा सञ्चालन गरीएको स्टडी वल्ड एजुकेसन कल्सल्टेन्सी बुटवलका सञ्चालक एवम शैक्षिक परामर्शदाता देव बहादुर कुवरले बताउनु भयो ।
सकेसम्म विदेश जान नपरोस जानैपरेमा बिदेश जान चाहाने विद्यार्थीले सहि सुचना र कानुनी परामर्श लिएर मात्र विदेश अध्ययनमा जान आग्रह गर्नु भएको थियो ।
शैक्षिक परामर्शदाता कुवरले उच्च शिक्षा लिनपाउने विद्यार्थीहरुको अधिकार रहेको बताउदै विद्यार्थीलाई उच्च शिक्षा अध्ययन गर्न जानेक्रममा धेरै समस्या झेल्नु परेको स्मरण गराउदै त्यस्था समस्याहरु नपरोस भनेर सहजीकरण गर्नकै लागि आफुहरुले कन्सलटेन्सी सञ्चालन गरेको बताउनु भयो ।
आज भन्दा १६ बर्ष पहिले बुटवलबाट संचालन गरिएको स्टडि वल्ड एजुकेसन कन्सल्टेन्सिले विद्यार्थीहरुको सहजताका लागी क्षेत्रगत रुपमा बुटवल मिलन चोक, तिलोत्तमा हुदै चौथो शाखाको रुपमा बर्दघाटमा शाखा खोल्न आईपुगेको बताउनु भयो ।
अहिले सम्म ३ हजार बढी विद्यार्थीलाई उच्च शिक्षाका लागी बिदेश पाठाई सकेको र ९ हजार विद्यार्थीलाई आयल्स र पिटिइ गराएको बताउनु भयो ।
बर्दघाट नगरपालिका वडा ४ का वडा अध्यक्ष वेदबिना तिवारीले बिदेश पठाउने मात्रै नभइ बिदेश गएर उच्च शिक्षा हासिल गरेका विद्यार्थी र उच्च शिक्षा हासिल गरेका विद्यार्थीलाई नेपाल फर्किने गरि परामर्श दिन आग्रह गर्नु भएको थियो । युवा नभएको देश राम्रो नहुने बताउदै उहाले देश बिदेशबाट उच्च शिक्षा हासिल गरेका विद्यार्थीहरुलाई देशमा बस्न र काम गर्ने माहोल मिलाउनु पर्नेमा जोड दिनु भएको थियो ।
कार्यक्रममा बर्दघाट उधोग बाणिज्य संघका कार्यबाहक अध्यक्ष तारा प्रसाद गौतमले राम्रो अध्ययनका लागी बिदेश जानु राम्रो भएको बताउनु भयो । उहाले उच्च शिक्षाका लागी बिदेश पठाउदा बिदेशबाट सिप सिकेर स्वदेशमा फर्किने गरी सल्लाह र परामर्श दिन आग्रह गर्नु भयो ।
त्यसैगरी स्टडी वल्ड एजुकेसन कन्सलटेन्सी बर्दघाट शाखा संचालक सुबोध जागृत बुढाथोकीले जापान, युके, क्यानेडा, अस्ट्रेलिया, बङ्गलादेश लगायतका देशमा उच्च शिक्षामा जानका लागी परामर्श दिइने गरी कक्षाहरु समेत सञ्चालन गरीने बताउनु भएको थियो । बर्दघाट शाखाका सञ्चालक सुबोध जागृत बुढाथोकीको अध्यक्ष र बर्दघाट शाखाका अपरेसन म्यानेजर सुदिप आचार्यको स्वागत मन्तब्य रहेको शाखा समुद्घाटन कार्यक्रममा सञ्चार कर्मी सुमन श्रेष्ठले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।