sunwal

बर्दघाट नगरपालिकाको १३ औँ नगर सभा शुरु

62

कृष्ण ढकाल
बर्दघाट,माघ- ९
बर्दघाट नगरपालिकाको १३ औँ नगर सभाको सुभारम्भ भएको छ । आज मंगलबार नगरपालिकाको सभाहलमा बर्दघाट नगरपालिकाको १३ औँ नगर सभाको सुभारम्भ भएको हो ।
नगरसभामा बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठले प्रस्ताव गर्नुभएको सहकारी ऐन २०७४ को पहिलो संशोधन र बर्दघाट प्रज्ञा प्रतिष्ठान ऐन २०७६ को पहिलो संशोधन प्रस्ताव पारित भएको छ ।
सभामा न्यायिक समितिका संयाेजक तथा नगर उप्रमुख रुद्रप्रकाश उपाध्यायले प्रस्तुत गर्नु भयकाे न्यायिक समितिकाे अर्धर्षिक प्रतिवेदन २०८० र अनुगमन तथा सुपरिवेक्षण समितिको अर्धवार्षिक प्रतिवेदन स्वीकृत गर्ने निणर्य गरिएको छ ।
नगरसभामा बर्दघाट नगरपालिकाबाट विभिन्न मितिमा भएका निणर्यहरु अनुमोदनका लागि पेश भएका थिए भने सभाअध्यक्ष एवं नगर प्रमुखले नगर तथा वडास्तरका योजना शिर्षकान्तर तथा रकमान्तर सम्बन्धि प्रस्ताव पेश गर्नु भयकाे थियाे।
त्यस्तै नगर सभा सदस्यहरुले सार्वजनिक जग्गा संरक्षण, सिँचाई, विद्युतिकरण, बाटोको समस्या लगायतका विषयहरु उठाउनुभएको थियो ।
सभा सदस्यहरुको प्रश्नको उत्तर दिँदै नगर प्रमुख एवं शम्भुलाल श्रेष्ठले सार्वजनिक जग्गा संरक्षणका लागि जनप्रतिनिधि र सम्बन्धित कर्मचारीहरुलाई खटाइएको बताउनुभयो । त्यस्तै नगर प्रमुख श्रेष्ठले वडाका जनप्रतिनिधिहरुलाई सहयोग गर्न समेत आग्रह गर्नुभएको थियो ।
१३ औँ नगरसभामा बर्दघाट नगरका सहकारी विज्ञ चन्द्र ढकाल नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेप्सकुन) को अध्यक्षमा निर्वाचित हुनुभएकोमा नगरसभा बाटै सम्मान गर्ने निणर्य भएको नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।
त्यस्तै बर्दघाट नगरका १ सय २० वटा टोल विकास संस्थाहरु मध्ये बर्दघाट १३ को कालिका टोल विकास संस्थालाई सर्वोकृष्ट संस्थाको रुपमा सम्मान गर्ने निणर्य गरिएको श्रेष्ठले जानकारी दिनुभएको छ ।
संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको सन् २०२३को ‘इएर अफ मिलेट्स’ फोटो प्रतियोगितामा विश्वकै दोस्रो स्थान हासिल गर्न सफल भएकोमा बर्दघाट ४ का राज अधिकारीलाई सम्मान गर्ने निणर्य गरिएको थियो ।