Sarawal sit lahar Notis

नेपाल रेडक्रस सोसाईटी पञ्चनगर उपशाखामा विबाद ।

56

कृष्ण ढकाल
माघ १
नेपाल रेडक्रस सोसाईटी पञ्चनगर उपशाखाको ७ औं अधिवेशनबाट हुन लागेको नयाँ नेतृत्व चयनको प्रक्रिया विवादित भएको छ । गत पौष २७ गते संस्थाको १९औं वार्षिक साधारण सभा सम्पन्न गरेर निर्वाचन प्रक्रिया अघि ढाउनका लागि निर्वाचन मण्डललाई जिम्मेवारी दिएको नेपाल रेडक्रस सोसाईटी पञ्चनगर उपशाखाको नेतृत्व लिन चार जनाको दावेदारी परेपछि अहिले संस्थाको माईन्यूटमा नै गणपुरक संख्याको उपस्थिती नपुगेकोले निर्वाचन स्थगित गरेको टिपोर्ट सहितको हस्ताक्षर भएपछि नयाँ नेतृत्व चयनको प्रक्रिया विवादित भएको छ ।

नेपाल रेडक्रस सोसाईटी पञ्चनगर उपशाखाको ७ औं अधिवेशनको निर्वाचन मण्डलकी संयोजक मनमाया गुरुगंका अनुसार निर्वाचन मण्डलले आफ्नो प्रक्रिया शुरु गरेसंगै समितिका सबै पदमा पौष २७ गते नै सर्बसहमति भएको थियो । तर सभापति पदका लागि वर्तमान सभापति बिजुला खाँण,प्रेम अधिकारी,बालकृष्ण लम्साल र पूर्णकान्त गिरीले अडान कायम राखेका थिए । चार जनाले नै अडान कायम गरेपछि माघ २ गते निर्वाचन गर्ने गरी सुचना टाँसगरी निर्वाचन मण्डल हिडेको निर्वाचन मण्डलकी संयोजक मनमाया गुरुगंले बताउनु भएको छ ।

यता अहिले सामाजिक सञ्जालभरी नेपाल रेडक्रस सोसाईटी पञ्चनगर उपशाखाको माईन्यूटमा नै गणपुरक संख्याको उपस्थिती नपुगेकोले निर्वाचन स्थगित गरेको देखेपछि नयाँ नेतृत्व चयनको प्रक्रिया विवादित भएको पाईएको छ ।

संस्थाको निर्वाचनका लागि नेपाल रेडक्रस सोसाईटी नवलपरासी जिल्ला सदस्य मनमाया गुरुग संयोजक रहेको तिन सदस्य निर्वाचन मण्डल रहेको छ । जस्को सदस्यमा नेपाल रेडक्रस सोसाईटी नवलपरासी जिल्ला शाखाकाद्धय महामन्त्री ऋषीराम शर्मा र अधिकृत मुरारी प्रसाद गुप्ता रहनु भएको छ ।

टिपोटको अर्काे तर्फ भने एक सय जना सदस्यहरु मध्ये ५ जना मात्र नआएको उल्लेख गरीएको छ ।